ताजा खबर

डेढ करोडको लगानीमा युनिक मार्केट 


घोराही, २६ असोज/
दाङको घोराहीमा डेढ करोड रुपैयाँको लगानीमा युनिक मार्केट सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकमा कोशिस फाउण्डेशनले डेढ करोड रुपैयाँको लगानीमा मार्केट सञ्चालनमा ल्याएको हो ।

 

मार्केटको आज राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले उद्घाटन गर्नुभएको छ । तीन कठ्ठा जग्गामा खोलीको मार्केटमा ४३ वटा सटरहरु बनाईएको छ । कार्यक्रममा राष्ट्रिय सभा सदस्य देवकोटाले मार्केटले व्यवसायिक प्रर्वद्धन संगै दाङको आर्थिक समृद्धिमा भुमिका खेल्ने बताउनुभयो । 

 

उहाँले मार्केटले सुलभ मूल्यमा गुणस्तरिय सामान दिएर ग्राहकलाईसन्तुष्ट बनाउनुपर्ने बताउनुभयो । मार्केट संचालक समितिका अध्यक्ष शालिकराम खनालको अध्यक्षतामा उद्घाटन गरिएको हो । 

 

नौ जना युवाको करिब डेढ करोड रुपैयाँको संयुक्त लगानीमा स्थापना भएको युनिक मार्केटले बेरोजगारलाई समाधान गर्ने गरी व्यसायका लागि पूर्बाधार तयार गरेको अध्यक्ष खनालले बताउनुभयो । प्लाष्टिकको झोलालाई पुर्ण निषेध गरिएको मार्केटले प्रत्येक बर्ष २५ बिरुवा रोप्ने र संरक्षणको जिम्मा समेत लिने जनाएको छ ।।
 

प्रतिकृया दिनुहोस

रेडियो मध्यपश्चिमको १४ औँ साधारणसभा

घोराही, २२ मंसिर.  दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ बार्षिक

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार

SITENAME

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार