ताजा खबर

तरकारीले मूल्य नपाउँदा किसान चिन्तित



घोराही, २६ असोज ।
दाङको देउखुरी क्षेत्रमा उत्पादन भएको तरकारीले बजार नपाउँदा किसानहरु चिन्तित बनेका छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा किसानहरुले उत्पादन गरेको तरकारी सस्तोमा बेच्न बाध्य भएको गुनासो गरेका छन् । 

 

अहिले तितेकरेलाको प्रतिकिलो ५ देखि १० रुपैयाँ, काँक्रा प्रतिकिलो १० देखि १५ रुपैयाँ, लौका प्रतिकिलो ५ देखि १० रुपैयाँ, बोडी प्रतिकिलो १५ देखि २० रुपैयामा बेच्न बाध्य भएको लमही ७ घुम्नाकी गौरी कुमालले बताउनुभयो ।

 

सस्तोमा तरकारी बेच्दा उत्पादन गर्न लाग्ने खर्च पनि नउठ्ने गरेको उहाँको भनाई छ । त्यही तरकारी बेच्न बजारभरि डुलाउनु पर्ने सोही ठाउँ निवासी अञ्जना चौधरीले बताउनुभयो ।

 

तरकारीलाई भण्डारण गर्ने तथा जिल्ला बाहिर ढुवानी गर्ने ब्यबस्था नहुँदा अहिले त्यस क्षेत्रका सबै किसानहरु मारमा परेका छन् । अहिले बजारले उचित मूल्य नपाउँदा बिचौलियाहरु समेत सल्बलाउने गरेको तरकारी ब्यबसायी खुसीराम चौधरीले जानकारी दिनुभयो ।

 

लमही क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने भएकाले उत्पादन भएको तरकारीलाई भण्डारण र बजारीकरण गर्न स्थानीय सरकारले पहल थाल्नु पर्ने ब्यबसायी चौधरीको माग छ । लमही नगरपालिकाले पनि कृषिलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाएको भन्दै त्यसबाट किसानहरुले केही आश गरेको उहाँको भनाई छ ।।
 

प्रतिकृया दिनुहोस

रेडियो मध्यपश्चिमको १४ औँ साधारणसभा

घोराही, २२ मंसिर.  दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ बार्षिक

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार

SITENAME

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार