ताजा खबर

जुवातास नखेल्न नगर प्रमुख चौधरीको अपिल


घोराही, २६ असोज ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले चाडपर्वमा रमाईलो गर्ने बहानामा कुनै पनि अबान्छीत कार्य नगर्न सबैलाई अपिल गर्नुभएको छ । नगर प्रमुख चौधरीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै चाडपर्वमा रमाईलो गर्ने नाममा बिभिन्न बिकृतीजन्य कार्यहरु हुने भन्दै त्यसो नगर्न नगरबासीलाई अपिल गर्नुभएको हो ।

 

रमाईलो गर्ने बहानामा जुवातास खेल्ने, मदिरा पिएर होहल्ला तथा झैझगडा गर्ने र अपराधिक कार्यहरु समेत हुने गरेको भन्दै नगर प्रमुख चौधरीले यस्ता कार्यमा संलग्न नहुन नगरबासीहरुलाई आग्रह गर्नुभएको हो ।

 

चाडपर्वमा ठूलो धनराशीको बाजी राखेर जुवा खेल्ने, मदिरा पिउने कार्यले कसैको पनि हित नगर्ने भन्दै नगर प्रमुख चौधरीले संस्कृतीलाई बचाउने शैलीबाट मनाउन आग्रह गर्नुभयो । संस्कृती बचाउने नाममा बिकृती भित्रि रहेको तर्फ सबै सचेत बन्नु पर्ने उहाँको सुझाब रहेको छ । 

 

जुवातास खेलेकै भर र मदिरा पिएको कारण विभिन्न घटनाहरु हुने भएकाले बेलैमा सचेत बन्न आग्रह गर्दै उहाँले गल्ती गर्नेलाई कानुन बमोजिक कार्वाही हुने चेतावनी समेत दिनुभएको छ ।।
 

प्रतिकृया दिनुहोस

रेडियो मध्यपश्चिमको १४ औँ साधारणसभा

घोराही, २२ मंसिर.  दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ बार्षिक

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार

SITENAME

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार