ताजा खबर

अबको विकास पहुँचका भरमा हैन योजनाबद्ध : सभामुख महरा


घोराही, २८ असोज ।
संघिय संसदका सभामुख कृष्णबहादुर महराले अबको विकास योजनाबद्ध हुने बताउनुभएको छ । विजया दशमीको अबसरमा आज घोराहीमा आयोजित सुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभामुख महराले पहुँचको भरमा भन्दा अब आबस्यकतामा आधारित विकास हुने बताउनुभएको हो ।

 

पहुँचको भरमा योजनाहरु छनोट हुदा सन्तुलित विकास नहुने भन्दै उहाँले आबस्यकतामा आधारित विकासलाई योजनाबद्ध ढंगले अघि बढाईने बताउनुभयो । सभामुख, मुख्यमन्त्री, प्रतिनिधीसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्यहरुको आयोजनामा भएको सुभकामना आदानप्रदान कार्यक्रममा सभामुख महराले दाङको विकासमा एक हुन आबस्यक रहेको बताउनुभयो ।

 

दाङको विकास र संबृद्धी एकताबाटै सम्भब हुने भन्दै उहाँले विचारमा फरक सोच भए पनि विकासमा सोचलाई एक बनाउनु पर्ने आबस्यकता औल्याउनु भयो । विमानस्थल निर्माण, अस्पताल, औद्योगिक क्षेत्र, सडक तथा सिचाईको विकासमा बिरोध आउन नहुने भन्दै उहाँले विकासमा कसैले पनि राजनिति गर्न नहुनेमा जोड दिनुभयो ।

 

कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विकासमा हालेमालो गरेरै दाङलाई संबृद्ध बनाउने बताउनुभयो । कुनै पनि पक्षले कुनै पनि बाहनामा विकास बिरोधी आवाज निकाल्न नहुने धारणा राख्नुभयो । 

 

विकासका पूर्बाधारहरु निर्माण गर्ने सोचमै बिरोध आउनु र बिकास चाहिदैन भन्नु देशलाई अस्थिरतामा राख्ने योजना भएको बताउनुभयो । साथै उहाँले नेपाली पर्वहरुको आफ्नै बिषेश्ताहरु रहेको चर्चा गर्दै संस्कृती बनाउने नाममा विकृती भने ल्याउन नहुनेमा जोड दिनुभयो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन