ताजा खबर

दाङ प्रहरीको तीन महिने काम


घोराही, १८ कार्तिक /
जिल्ला प्रहरी कार्यालय दाङले वितेको तीन महिनामा गरेका काम सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख कृष्णहरी शर्मा आएको साउन २८ गते देखी हालसम्म गरेको अपराध नियन्त्रणका कामहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय दाङले आज एक प्रेस बिज्ञप्ती जारी गरी लागुऔषध, जुवा, हतियार नियन्त्रण, अभियुक्तहरु पक्राउ र चोरीका सामानहरु जफत जस्ता बिषयलाई प्रहरी तीन महिने उपलब्धीकारुपमा सार्वजनिक गरेको हो । 

 

प्रहरीले तीन महिनामा जुवाडेहरु ३३ जना र उनिहरुको साथबाट ५ लाख ३ सय ५५ रुपैयाँ बरामद गरेको जनाएको छ ।

 

त्यसैगरी बिभिन्न प्रकारका लागु औषध सहित ८ जना व्यक्ति र एउटा गाडी समेत बरामद भएको छ । 

 

त्यसैगरी ३ जना ठगि गर्ने, एक जना कर्तव्य ज्यान र एक जना करणि मुद्धामा व्यक्ति पक्राउ परेका छन् भने दुई जना पेस्तोल सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

साथै प्रहरीले केही दिन पहिले १७ लाख रुपैयाँको चोरि गरेको रिचार्ज कार्डसहित एक जनालाई पनि पक्राउ गर्न सफल भएको बिज्ञप्तीमा उल्लेख गरेको छ ।

 

आएको तीन महिनामै हेडक्वाटर तानिनु भएका एसपी शर्माले जाने क्रममा आफुले गरेका कामलाई सार्वजनिक गर्नुभएको हो । एसपी शर्मालाई प्रहरीकै संरक्षणमा जुवा खेल्ने र ढुंगाजन्यबस्तुहरु निकासी गरेको भन्ने आरोप लागेपछि तीन महिना मै सरुवा भएको हो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन