ताजा खबर

दलहरु आन्तरिक विवादमा


घोराही, १८ कार्तिक ।
मुख्य राजनितिक दलहरु अहिले आन्तरिक विवादमा अल्झिएका छन् । दल भित्रका गुटउपगुट व्यवस्थापन, क्षेत्राधिकार, जुँगाको लडाईं लगायत कारण राष्ट्रिय कामहरु भने अलपत्र जस्तै बनेका छन् । 

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र संघीय समाजवादी फोरम नेपाल, सत्तासमर्थित राष्ट्रिय जनता पार्टी राजपा नेपाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्तरिक व्यवस्थापनको पहल थालेको लामै समय भएपनि नेताहरुबीच सुमधुर सम्बन्ध स्थापित हुन सकेको छैन ।  

 

जेठ ३ गते तात्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपाले साढे ५ महिनासम्म पनि तल्लोतहका कार्यकर्तालाई एकिकृत गर्न सकेको छैन । प्रदेश पदाधिकारी चयनमा असन्तुष्टि जनाउदै बरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गराउनु भएको पत्र सचिवालय बैठकले अस्वीकृत गरेपछि नेकपा भित्रको विवाद गाउँतहसम्म पुगेको छ ।

 

प्रतिपक्षी कांग्रेसपनि नेकपा झै आन्तरिक विवादको चंगुलमा छ । महाधिवेशन भएको साढे २ वर्ष बढी हुँदा समेत विभाग गठनसम्म नहुनु, पदाधिकारीको निर्णयमा संस्थापन, पौडेल र सिटौला पक्ष भनी छुट्याईनु, पार्टीका हरेक निकायमा समेत राम्रालाई भन्दा हाम्रालाई जोड दिनुले पनि कांग्रेस भित्रको विवाद उत्कर्षमा देखिन्छ । 

 

तात्कालिन ६ वटा मधेश केन्द्रित दलहरु मिलेर बनेको राजपा नेपाल अहिले तीनै ६ अध्यक्षको जुँगाको लडाईंमा रुमलिएको छ । आपसी एकताको अभावमा पार्टी केन्द्रिय कार्यालयका कर्मचारी सवै आर्थिक अनियमितताको आरोपमा निकालिएका छन् ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन