ताजा खबर

सयपत्री फुल र तिहार

SITENAME


जीतसागर जी.एम./
तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन गर्न सक्नुहुन्छ, माला  तथा अन्य प्रयोजनको लागि रबरको फुल हैन अब प्रकृतिमै फुलेका सयपत्री फुलको प्रयोग गर्न सक्नुहुन्छ तपाई ।

 

फूलहरुमध्ये अधिकांशले मनपराउने सयपत्रीको पछिल्लो समय व्यवसायीक रुपमा खेती थालीएको छ ।

 

दाङका बजारमा रबरका फुल तथा मालाले बर्चश्व कायम गरिरहेको यो अवस्थामा ति फुललाई बिस्थापित गर्न आईपुगेका छन् सयपत्रीका फुल ।

 

फुलकै लागि लाखौँ रुपिया बाहिर गईरहेको समयमा  जिल्लामा पछिल्लोे समय फूलखेती व्यवसाय गर्ने क्रम बढ्दै जाँदा भारतबाट भित्रने रबरका फूल भन्दा पनि प्रकृतिमै फूलेका सयपत्री पूmलको पनि माग बढेको छ ।

 

दाङका विभिन्न ठाँउमा पछिल्लो सयम सयपत्री फुलको खेती हुँदै आएको छ । घोराही, लमही, तुलसीपुर लगायतका ठाँउमा फूलखेती व्यवसाय गर्नेहरुको संख्या बढ्दै गएको छ । घोराही करिब ३ वर्ष अघिदेखि गरिएको व्यवसायीक फूल खेती व्यवसाय पछिल्लो समय फूलखेती व्यवसाय फस्टाउँदै जान थालेको  फुलखेती व्यवसायी ईन्द्रा बुढामगरले बताईन् ।

 

घोराही उपमहागनगरपालिका–१३ डुमरगाँउमा फुलखेती व्यवसाय गर्दै आएकी उनले भनिन्– फूलखेती व्यवसाय गरेपछि बाँझो जमिनको पनि सदुपयोग भएको छ, रबरका पूmल पनि भित्रिने क्रम अब क्रमश घट्दै गएको छ ।

 

तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला होस या पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ भने सभा समारोह सजाउन ,अतिथीको स्वागत, न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने सयपत्री फूलको नै माग बढ्दै जाँदा फुल खेती व्यवसाय थालेको व्यवसायी बुढामगरले बताईन् ।

 

 उनले भनिन्–सवै क्षेत्रमा यति धेरै महत्व र माग भएको वस्तु छिमेकी भारतमा निर्भर हुनु परेको छ, मानिसले चिया, उखु, पशुपंक्षी पालन व्यवसाय,अन्नबालीमा मात्र ध्यान दिदै आइरहेको भएपनि यी र यस्तै खाले मात्र व्यवसाय हुन भन्ने सोचलाइ बदल्न ३ जना मिलेर सयपत्री फूलको खेती गरेको उनको भनाई छ ।

 

घोराही उपमहानगरपालिका–१३ डुमरगाँउमा रोल्पाबाट बसाई सरी दाङको घोराही आएका इन्द्रा सहित तीन व्यक्ति पूर्वमाओवादी बिग्रेड सह–कमाण्डर क्षितिज मगर र पूर्व जनमुक्ति सेना लोकेन्द्र रोका मगरले संयुक्त रुपमा थालेको व्यवसायीक फुलखेती फस्टाउँदै जान थालेको छ ।

 

उनिहरुले घोराही उपमहारनगरपालिका–१३ डुमर गाउँमा २ विगाहा ६ कठ्ठा र घोराही १४ लुहासुरमा ५ कठ्ठा जग्गा भाडामा लिएर गरिएको फुलखेती व्यवसायले फुलको महत्वलाई साँच्चीकै झल्काएको छ ।

 

फुल तिहारमा मात्र हैन मन्दिर तथा विभिन्न धार्मिक कार्यक्रमका लागि महत्वपूर्ण मानिन्छ,बाँझो जग्गालाई सदुपयोग गर्दै व्यवसायीक रुपमा थालिएको फुलखेतीले फुलको महत्वलाई झनै बढाएको छ –अर्का फुलखेती व्यवसायी लोकेन्द्र रोकामगरले बताए ।

 

उनले भने– तिहारमा प्लाष्टिकको नक्कली फूल किन्दा वर्षेनी नेपालबाट लाखौँको राशी बाहिरिने गरेको हुँदा हामीले स्वदेशमै व्यवसायिक फूल खेती गर्ने गरेका छौँ  ।

 

दाङमा बिगतका वर्षदेखि नै तिहारका लागि आवश्यक फुलहरु भारतबाट नेपालमा भित्रिने गरेपनि बजारमा सयपत्रि फुलको माग अत्याधिक हुने गरेको छ । फूलमा आत्मनिर्भरसँगै आयआर्जनका लागि सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेको व्यवसायी उनिहरुले बताएका छन् ।

 

अन्य समयभन्दा तिहारमा बढी माग हुने सयपत्री फूल भारतबाट भित्रिने र फूल किन्न घुइँचो लागेको देखेर यसको खेती गर्ने सोच आएको रोका मगरले बताए । कुनै फरक व्यवसाय शुरुवात गर्ने मेरो चाहना थियो, अब के गर्ने त भन्दा थोरै लगानी र सामान्य मेहनतमा पनि फूलखेती व्यवसाय हुने देखेपछि यो व्यवसाय थालका हौँ । जसले गर्दा रबरका फूलहरु पनि विस्थापित हुने छन् , स्वास्थ्यका लागि पनि हानीकारक, प्रकृतिका लागि पनि फाईदा नहुने रबरका फूलहरुले वर्षेनी नेपालले करोडौँ गुमाउनुपरेको छ –उनले भने ।

 

निजी लगानीमा खेती सुरु गरेको भन्दै उनले हालसम्म अनुमानित ३ लाख रुपैया लगानी भएको उनको भनाइ छ । स्थानीय सरकारले चासो देखाएमा यो खेती सफल हुनेमा उनि विश्वस्त छन् । गरे जे पनि हुने भएको बताउदै उनले खाडी मुलुकमा जानु भन्दा यस्तै पेसामा लाग्न अरुलाइ सल्लाह समेत दिन्छन् ।

यस्ता प्रकारका साना –साना व्यवसायमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको उनले बताए । फूल किन्ने व्यापारीहरु बारीमै आउँने गरेको अर्का व्यवसायी क्षितिज रोका मगर बताउँछन् । तिहार नजिकिदैँ जाँदा ग्राहक यहाँसम्म आफै आउने गरेको बताउँदै उनले भने –२÷३ दिन यता बिहान साँझमा त भिडभाड निकै हुने गर्दछ, सयपत्री फूलको प्रयोग गर्ने ग्राहकको संख्या बढ्दै जान थालेको महशुस हुन थालेको छ ।  

 

सयपत्री फूलको बेर्ना रोपेको करिब २ महिनापछि नै फूल्न थाल्ने उनले बताए । अहिले फूल धमाधम बिक्री भईरहेको उनको भनाई छ । अन्य खेतीभन्दा यो खेतीमा काम गर्न सजिलो र उत्पादन खर्च समेत कम हुने उनले बताए ।

 

पछिल्लो समय सयपत्री फूलको खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएका कारण थोरै क्षेत्रमा भएपनि यसको खेती लगाउन शुरु गरेका छन् । घरायसी प्रयोजनका लागि करेसाबारीमा लगाइने सयपत्री फूलको खेती पछिल्लो समय व्यावसायिक रूपमा विस्तार हुन थालपछि बजारमा पनि भारतिय रबरका फूलहरु भन्दा पनि बारीमै फुलेका फुलहरु देखिन थालेका छन्  ।

 

तरकारी तथा खाद्य बालीमा भन्दा कम मेहनत पर्ने र सिजनमा राम्रो आम्दानी हुने भएकाले फूलखेती चाडपर्व मनाउन खर्चको जोहो गर्ने माध्यम बनेको उनले बताए ।

 

यो वर्ष फूल बिक्रीबाट करिब ६ लाख रुपैयाँ बिक्रि हुने अपेक्षा गरिएको इन्द्राको विश्वास छ । उनका अनुसार दाङ सहित नेपालगञ्ज , बुटवल, नारायणघाट लगायतका ठाँउमा फुलको माला बिक्रि हुने गरेको छ ।

 

उनले भनिन्–तिहार अघि परेका कारण फुल पहिल्यै फुल्यो र माग अनुसारको फुलको माला पु¥याउन सकिएन् , यो साल त धेरै खेती गरेका छौँ ।

 

बारीमै पूmलेका फूल किन्ने ग्राहक बढ्दै जाँदा भारतीय रबरका पूmलहरुको बिक्रि कम हुने विश्वास छ । चाडपर्व र विषेशगरी तिहारलाई झल्काउने सयपत्रीका फूललाई बजारीकरण गर्न सबै लाग्नुपर्ने फूलखेती व्यवसायी बताउँछन् ।।

 

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

दलहरु आन्तरिक विवादमा

घोराही, १८ कार्तिक । मुख्य राजनितिक दलहरु अहिले आन्तरिक विवादमा अल्झिएका छन् । दल भित्रका गुटउपगुट व्यवस्थापन, क्षेत्राधिकार, जुँगाको लडाईं लगायत