ताजा खबर

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

SITENAME

 

जीतसागर जी.एम./घोराही/

तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय तथा समुह भएर जिल्लाका धार्मिक तथा पर्यटकिय स्थलमा आउने गरेका हुन् ।

 

घोराहीमा रहेको धारपानी पाण्डवेश्वर मन्दीर, बाह्रकुने दह, तुलसीपुरको गणेशपार्क, बवई गाँउपालिकामा रहेको पुरन्धारा छहरा, देउखुरीको रिहार लगायतका करिब १ दर्जन बढी धार्मिक तथा पर्यटकीय स्थलहरुमा बनभोजका लागि जिल्ला भित्र तथा जिल्ला बाहीरका विभिन्न समुहहरु आउने गरेका छन् । तिहारमा विभिन्न समुह बनाएर भैलो खेल्ने र संकलित रकमबाट भ्रमण तथा बनभोजका लागि विभिन्न धार्मिक तथा पर्यटकिय स्थलमा जाने परम्परा पछिल्लो समय फस्टाउँदै जान थालेको छ ।

 

दाङका विभिन्न पर्यटकिय स्थलमा भ्रमण तथा बनभोजका लागि जिल्ला भित्रै तथा जिल्ला बाहिरका आउने गरेको धारपानी पाण्डवेश्वर मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए । उनले भने– धारपानीमा तिहार सकिएपछि अधिकांश पिकनिकका लागि आउने गरेका छन् भने कतिपय भ्रमण गर्नका लागि मात्रै आउने गरेका छन् । उनले थपे – मन्दिर परिसरमा दैनिक करिब १० भन्दा माथी समुहहरु आएको पाईन्छ ।

 

भैलोबाट संकलित केहि प्रतिशत रकम सामाजिक काममा लगाउने र बाँकी रकम भ्रमण तथा बनभोजका लागि खर्चने गरिएको पाईन्छ । भैलोबाट संकलन गरिएको रकमबाट नै भ्रमणमा आएको सल्यानका बिशाल बुढाथोकीले बताए । उनले भने – हामीले भैलोबाट संकलित रकममध्ये ३० प्रतिशत सामाजिक काममा लगाएका छौँ, २० प्रतिशत वाध्यबाधनका सामाग्री खरिद  र ५० प्रतिशत रकम बनभोजका लागि खर्च गरेका छौँ ,यसपाली धेरै रकम संकलन हुन पाएन त्यसैले भ्रमण मात्रै गर्न आएका छौँ , यसपाली बनभोज भएन उनले भने ।

 

 भैलोबाट संकलित रकम खर्चेर १६ वटा समुह मंगलबार धारपानी मन्दीर परिसरमा थिए । धारपानी मन्दीरमा पहिले पनि आएको थिँए , अरु साथीहरुको यहाँ आउने मन थियो, अनि हामीहरु पनि बनभोजका लागि आएका हौँ–भमकेबाट आएका बिक्रान्त रेउलेले भने । उनले भने–बिगतका वर्षमा बाह्रकुने दहमा जाने गरेका थियौँ , यसपाली धारपानीमा आएका छौँ , रमाईलो लाग्यो यो ठाँउपनि ।

 

क्लबमार्फत करिब ७० जनाको समुह बनभोजका लागि आएको बताउँदै उनले भने– भैलीबाट संकलित रकम मध्ये केहि प्रतिशत सामाजिक कामका लागि पनि छुट्याएका छौँ , बाँकी रकम बनभोजका लागि खर्च ग¥यौँ यो वर्ष । तिहार सकिए लगत्तै दाङका पर्यटकिय तथा धार्मिक स्थलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने गरेको छ । बनभोज तथा भ्रमणको गन्तव्यका लागि बाह्रकुने दहलाई छनौटमा पारेको बर्दियाका कुमार थारुले बताए ।

 

विद्यालयबाट बाह्रकुने दहमा बनभोजका लागि आएको बताउँदै उनले भने– हामीहरुले प्रत्येक वर्ष विभिन्न नयाँ धार्मिक तथा पर्यटकिय स्थल छनौट गरी बनभोजका लागि जाने गरेका छौँ ,यसपाली दाङमा आएका छौँ उनले भने ।

 

तिहारपछि धारपानीमा ७० समुह सहभागी

तिहारमा भैलोबाट संकलित रकम खर्च गर्दै धारपानी पाण्डवेश्वर मन्दीरमा ७० समुह सहभागी भएका छन् । विभिन्न विद्यालय, क्लब र समुह गरेर ७० वटा समुह सहभागी भएको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए । उनका अनुसार मन्दीर परिसरमा बनभोजका लागि आउने पछिल्लो समय बन्दै गएका छन् ।

 

५ दिनमा मात्रै ७० वटा समुह सहभागी भएका छन्, दैनिक करिब १० समुह सहभागी हुने गरेका छन् उनले भने । बनभोजका लागि आउने समुहलाई केहि शुल्क ल्याउने गरेको भन्दै उनले भने– संकलित रकम सरसफाई व्यवस्थापनमा खर्च गर्ने गरेका छौँ । बनभोजका लागि आउनेहरुले अत्याधिक गर्ने गरेको भन्दै उनले फोहर व्यवस्थापनमा जोड दिएको बताए ।

प्रतिकृया दिनुहोस

रेडियो मध्यपश्चिमको १४ औँ साधारणसभा

घोराही, २२ मंसिर.  दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ बार्षिक

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार

SITENAME

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार