ताजा खबर

सरकारद्वारा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा

SITENAME


सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको हो । 

 

आगामी मंगलबार ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि यो विधिवत रुपमा सुरु हुनेछ । मन्त्रालयले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिएको जनाएको छ । 

 

सो योजना लागू भएपछि योगदानमा आधारित पेन्सन समेत सुरु हुनेछ । सरकारले निर्माण गरेको सामाजिक सुरक्षा कोषमा रोजगारदाताले ११ प्रतिशत र श्रमिकको २० प्रतिशत जम्मा हुनेछ । मन्त्रालयका सचिव महेश्वर दाहालले सामाजिक सुरक्षा योजना सञ्चालनको लागि आवश्यक पर्ने सबै कानून तथा कार्यविधि पूरा भएको बताउनुभयो । 

 

यो योजनाले रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुमधुर भई औद्योगिक लगानीको लागि वातावरण बन्नुको साथै श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी भएको उहाँले बताउनुभयो ।  ६ महिना योगदान गर्ने श्रमिकले अर्को ६ महिनासम्म चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना बापतको शुल्क, निदान तथा परीक्षण सेवा बापतको खर्च औषधि बिल बमोजिमको खर्च, घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका बिरामीको डाक्टर घर जाँदा (आउँदाको खर्च पाउने सुविधा छ । 

 

अस्पताल भर्ना भई उपचार गराउदा वर्षमा एक लाख रुपैयाँ सम्म, घरमै बसी उपचार गराउँदा वर्षमा २५ हजार रुपैयाँ सम्म सुबिधा पाउनेछ । कुल दाबीको २० प्रतिशत मात्रै श्रमिकले तिर्नुपर्छ । 

 

बिरामी बिदामा बस्दा १२ दिन बिरामी बिदा बापत पुरै पारिश्रमिक रोजगारदाताबाट पाउने, त्यो भन्दा बढी बिरामी बिदामा बस्नु पर्दा १३ हप्तासम्मका लागि आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषबाट पाउने सुविधा छ । 

 

मातृत्व सुरक्षा योजना अन्तर्गत पछिल्लो १८ महिनामा १२ योगदान गरेका गर्भवती श्रमिकले गर्भ अवस्थाको नियमित परीक्षण, अस्पताल भर्ना तथा शल्यक्रिया र नवजात शिशुको उपचार बापतको औषधि उपचार बापतको खर्च, प्रसूति स्याहारका लागि प्रति महिना न्यूनतम पारिश्रमिक बरावर रकम, सुत्केरीका श्रीमानले पनि महिना दिनको न्यूनतम पारिश्रमिक पाउनेछ ।

 

यस्तै प्रसूति बिदा अवधि ९८ दिनमध्ये ६० दिनको रोजगारदाताले दिने र सो बाहेक ३८ दिनको लागि खाईपाई आएको पारिश्रमिकको ६० प्रतिशत रकम पाउनेछ । काममा नफर्के न्यूनतम तलबको ६० प्रतिशत सम्मको पारिश्रमिक भुक्तानी हुनेछ ।

 

स्थायी रुपमा काममा फर्कन नसक्ने आधारभूत तलबको ६० प्रतिशतलाई शतप्रतिशत मानी असक्षमता प्रतिशतको आधारमा जीवनभर निवृत्तिभरण (पेन्सन) पाउने, स्थायी रुपमा पूर्ण असक्षम भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबर रकम मासिक रुपमा जीवित भर निवृत्तिभरण पाउनेछ । 

 

आश्रित परिवारलाई सुबिधा पति वा पत्नी जीवित रहेसम्म अन्तिम आधारभूत तलबको साठी प्रतिशतले निवृत्तिभरण पाउनेछ । अन्तिम संस्कारका लागि २५ हजार रुपैयाँ उपलब्ध हुनेछ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

घोराहीका हार्डवेयर व्यवसायी हत्याको चौतर्फी निन्दा र बिरोध 

घोराही, १४ मंसिर/ घोराहीका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरको हत्याको चौतर्फी निन्दा र बिरोध भएको छ । घोराही उपमहानगरपालिका १४ नयाँबसपार्कको

SITENAME

घोराहीमा नक्कली नोटको कारोबार, ५ सयका १२ थान नोट बरामद

घोराही, २८ जेठ । दाङको घोराहीमा नक्कली रुपैयाँको कारोबार हुने गरेको फेला परेको छ । घोराहीको एक भाडाँ पसलले भारतिय रुपैयाँ साट्दा नेपाली ५ सय रुपैयाँ

SITENAME

विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण

दाङ, २२ जेठ । विभिन्न प्रजातिका एक सय बढी बिरुवा रोपेर सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङले विश्व वातावरण दिवस मनाएको छ । ४६ औ विश्व वातावरण