ताजा खबर

घोराहीका हार्डवेयर व्यवसायी हत्याको चौतर्फी निन्दा र बिरोध 

SITENAME


घोराही, १४ मंसिर/
घोराहीका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरको हत्याको चौतर्फी निन्दा र बिरोध भएको छ । घोराही उपमहानगरपालिका १४ नयाँबसपार्कको माथिल्लो सेवार पुल नजिकै माडि हार्डवेयर पसल सञ्चालन गर्दै आउनुभएका मगरको हिजो बेलुका छुरा प्रहार गरी घोराही १३ लामीडाँडा स्थित दुधेसोतामा हत्या भएको थियो ।

 

व्यवसायीको हत्याको बिरोधमा दाङ जिल्ला उद्योग बाणिज्य संघ, हार्डवेयर तथा पेन्ट व्यवसायी समिति घोराही र नेपाल मगर संघ दाङले शोक बिज्ञप्ती जारी गरी हत्यारालाई कडा कार्वाहीको माग गरेका छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले हत्याको बिरोध गर्दै शोकमा व्यवसायीहरुलाई पसल बन्द गर्न आह्वान गर्नुभएको छ ।

 

साथै उहाँले शान्ति सुरक्षालाई मजबुद बनाउन स्थानिय प्रहरी प्रशासनलाई आग्रह समेत गर्नुभएको छ । व्यवसाय सञ्चालनमा असुरक्षा देखिएको भन्दै उहाँले प्रत्याभुत हुने गरी सुरक्षा प्रबन्ध मिलाउन आग्रह गर्नुभएको हो ।

 

त्यसैगरी, हार्डवेयर तथा पेन्ट व्यवसायी समिति घोराहीले पनि शोक बिज्ञप्ती जारी गर्दै हत्यारालाई कडा कार्वाही गर्न र व्यवसाय सञ्चालनका लागि सुरक्षित बाताबरण बनाउन स्थानिय प्रशासन सँग माग गरेको छ । समितिका अध्यक्ष दामोद केसीले बिज्ञप्ती जारी गर्दै हत्याको घोरभत्र्साना गर्दै हत्याको शोकमा आज सबै हार्डवेयर व्यवसाय बन्द गर्न पनि आग्रह गर्नुभएको छ ।

 

यसैविच नेपाल मगर संघ दाङले पनि आफ्ना संघका केन्द्रिय सदस्य समेत रहेका व्यवसायी नन्दबहादुर घर्तीमगरको हत्याको बिरोध गर्दै दोषिलाई हदै सम्मको कार्वाही गर्न माग गरेको छ । संघका अध्यक्ष सितलाल पुनमगरले जारी गर्नुभएको बिज्ञप्तीमा हत्याका बिषयमा निष्पक्ष छानविन गरी दोषीलाई कडा कार्वाही गर्न गरिएको छ । 

 

हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । हार्डवेयर पसलबाट सामान खरिद गर्ने र नन्दबहादुरलाई पैसा लिनका लागि लग्ने रोल्पा तालाबाङका अमर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

सरकारद्वारा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै

SITENAME

घोराहीमा नक्कली नोटको कारोबार, ५ सयका १२ थान नोट बरामद

घोराही, २८ जेठ । दाङको घोराहीमा नक्कली रुपैयाँको कारोबार हुने गरेको फेला परेको छ । घोराहीको एक भाडाँ पसलले भारतिय रुपैयाँ साट्दा नेपाली ५ सय रुपैयाँ

SITENAME

विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण

दाङ, २२ जेठ । विभिन्न प्रजातिका एक सय बढी बिरुवा रोपेर सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङले विश्व वातावरण दिवस मनाएको छ । ४६ औ विश्व वातावरण