ताजा खबर

सुबास पुनको हत्या आरोपमा चार जना पक्राउ 


दाङ, ५ पुस 
जिल्ला प्रहरी कार्यालय दाङले सुबास पुन मगरको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका—१३ तुरुन्तपुरका सुबास पुनका परिवारले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । 

 

कार्तिक ३० गते प्यूठानको स्वर्गद्वारी घुम्न गएका सुबास पुनको शब पुस २ गते घोराही उपमहानगरपालिका—१९ को सैघामा फेला परेको थियो । अहिले पुनको शब राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शब गृहमा राखिएको छ । सुबाससंगै घुम्न गएका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

 

परिवारले हिजो जिल्ला प्रहरी कार्यालय दाङमा चार जनाको नाममा किटानी जाहेरी दिएका छन् । यस्तै परिवारजनले शबको पोष्टमाटम गर्न समेत अस्वीकार गर्दै आएका छन् । घटनाका बारेमा सत्यतथ्य अनुसन्धान नहुदासम्म शब नबुझ्ने परिवारले जनाएको छ । 

 

यस्तै पक्राउ परेकाहरुसंग आबश्यक छानबीन भइरहेको प्रहरीले जनाएको छ । सुबाससंगै अन्य नौँ जना स्वर्गद्वारी घुम्न गएका थिए । पुनका आफन्तहरुले हिजो जिल्ला प्रहरी कार्यालय दाङमा सन्तोष घर्ती, बादल शाह, अशोक घर्ती र बिपि पुनका नाममा किटानी जाहेरी दिएका छन् । सुबास बाटोबाटै बेपत्ता भएका थिए भने नौँ जना घर फर्किसकेका छन् ।।
 

प्रतिकृया दिनुहोस

प्रतिष्ठानमा संगिता भण्डारीको दादागिरी चल्यो : सांसद चौधरी

घोराही, १७ पुस/ सत्तारुढ दल नेकपाका सांसद् मेटमणी चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीले मनपरी गर्न थालेको टिप्पणि गर्नुभएको छ

SITENAME

राम्री घटनाप्रति दुख ब्यक्त, राहत उद्धारमा ध्यान दिन आग्रह 

घोराही, ७ पुस/ राष्ट्रपति बिद्यादेवी भण्डारीले दाङमा बिद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २३ जनाको निधन

SITENAME

विदेशबाट फर्किएर सीप परीक्षण गर्नुभयो ?

वैदेशिक रोजगारीमा गएर फर्किएका युवाले विदेशमा वर्षौं काम गर्दा पनि अनुभवको कुनै प्रमाण नपाउने भएपछि सरकारले त्यस्ता युवाको सीप परीक्षण र प्रमाणिकरण