ताजा खबर

राम्री घटनाप्रति दुख ब्यक्त, राहत उद्धारमा ध्यान दिन आग्रह 

SITENAME


घोराही, ७ पुस/
राष्ट्रपति बिद्यादेवी भण्डारीले दाङमा बिद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २३ जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले ट्वीट् मार्फत् समबेदना प्रकट गर्नुभएको हो । 

 

यस्तै दुर्घटनामा घाइते हुने सबैको स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । तलुसीपुरको राम्रीमा हिजो भएको बस दुर्घटनाप्रति बिभिन्न नेताहरु दुख ब्यक्त गर्नुभएको हो । घटनामा परी मृत्युबरण गर्नेको राहत तथा उद्धार र घाइतेहरुको उचित औषधी उपचारमा ध्यान दिन समेत आग्रह गर्नुभएको छ । 

 

यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले दुर्घटनामा परी निधन भएकाहरूप्रति गहिरो शोक व्यक्त गरेको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको आजको बैठकमा बस दुर्घटनामा परी निधन भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

 

यस्तै घटनाप्रति प्रतिनीधिसभाका सभामुख कृष्णबहादुर महरा, मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सांसद उत्तरकुमार वली, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सिता सिग्देल न्यौपाने, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया आचार्यले दुख ब्यक्त गर्नुभएको छ । यस्तै उहाँहरुले घटनामा परी घाइते भएकाहरुको औषधी उपचारमा कमी हुन नदिने आग्रह समेत गर्नुभएको छ । 

 

यस्तै घटना भएलगत्तै उद्धार कार्यमा सहभागी हुने सबैमा धन्याबाद ज्ञापन गर्नुभएको छ । घटनाले सिंगो दाङलाई दुखी बनाएको भन्दै उहाँहरुले यस्तो घटना न्यूनीकरणका लागि सबैले भूमिका बढाउन पनि आग्रह गर्नुभएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

  गाडी खरिदमा ठुुलै अनियमितता

प्रदेश ५ प्रदेशसभाको सचिवालयले खरिद गरेका सवारी साधनमा आर्थिक अनियमिता भएको छ । प्रदेश ५ प्रदेशसभा सचिवालयले भारतीय गाडी निर्माता टाटा कम्पनीको

प्रतिष्ठानमा संगिता भण्डारीको दादागिरी चल्यो : सांसद चौधरी

घोराही, १७ पुस/ सत्तारुढ दल नेकपाका सांसद् मेटमणी चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीले मनपरी गर्न थालेको टिप्पणि गर्नुभएको छ

SITENAME

अल्छी शिक्षकहरुलाई ठेगान लगाउने निति ल्याउछौ : नगर प्रमुख चौधरी

घोराही, ११ पुस/ घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले विकासको आधार नै शिक्षा भएको बताउनुभएको छ । वडा नम्बर ९ मा रहेको नरदेवि माविको ६३ औँ