ताजा खबर

आगलागिमा परेर एक बालकको मृत्यु


घोराही, ८ पुस/
दाङमा आगलागिमा परेर एक जनाको मृत्युभएको छ । जनावर भगाउनका लागि बनाएको अट्वामा आगलागी हुदा बबई गाउँपालिका७ गौजेका १०बर्षीय राजु घर्तीको जलेर मृत्युभएको हो ।

 

अट्वामा सुतेका बालक घर्ती रातमा तातो गराउनका लागि बालेको आगो अट्वामा सल्कीएपछि जलेर मृत्यु भएको हो ।

 

आमा रामकली घर्ती र बहिनीसंग सुतेका राजु भाग्न नसक्दा जलेको स्थानीय प्रेम पुनले जानकारी दिनुभएको छ । उनिहरुको परिवार जंगली जनावरले बालीनाली सखाप पार्न थालेपछि अट्वामा सुत्दै आएका थिए ।

 

यसैबीच बबई गाउँपालिकाले अग्निपिडित घर्ती परिवारलाई राहत उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलका अनुसार किरिया खर्च १० हजार, २५ हजार बराबरको खाद्यान्न, लत्ता कपडा उपलब्ध गराईएको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

आज माघे सक्रान्ती धुुमधामका साथ मनाईदै

घोराही १ माघ/ आज माघ १ गते माघी पर्ब मनाइदै छ । हिन्दु धर्मावलम्बीहरुले बिषेश रुपमा मनाइरहेका छन् । थारु र मगर समुदायले बिशेष रुपमा मनाए पनि अन्य

सवारी दुुर्घटनमा १ मृत्युु, २ जना गम्भिर घाईते

घोराही, १ माघ/ दाङमा आज  छुट्टाछुुटै सवारी दुुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने २ जना गम्भिर घाइते भएका छन् । लमही नगरापालिका–५ रातोडाँडामा आज

SITENAME

राप्ती स्वास्थ्य प्रतिष्ठानका कर्मचारी आन्दोलित

घोराही, १ माघ/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले सरकारद्वारा सञ्चालित सेवाहरुको निरन्तरताको माग गरेका छन् । प्रतिनिधि