ताजा खबर

जनकपुरको रेल अब जुुम्ला कालिकोट..(भिडियो सहित)

SITENAME


जीतसागर जी.एम./
घोराही/
जनकपुुरको रेल अब जुुम्ला कालिकोट पुुग्न कति समय लाग्ला ? कुनै अनुुमान लगाउन सकिन्छ ? पक्कै पनि लगाउन सकिन्न , किनकी जनकपुुर जुुम्ला कालिकोट न त रेलवे नै छ नत अब बनाउने सरकारको नै योजना छ तर गायक एमटी महरलाई भने कहिले जनकपुुरबाट जुुम्ला कालिकोट रेल पुुग्ला भन्ने पिरले सताउन थालेको छ । आफुु जनकुपुरमा भएको र कालिकोटमा आफ्नो प्रेमिकालाई भेट्न भेटन जनकपुुरको रेल जुुम्ला कालिकोट गए सहज हुने थियो भनेका छन् ।

 

 

बसबाट जाँदा लामो समय लाग्ने तर रेलबाट जाँदा छिटो हुने भएका कारण जनकपुुरबाट जुुम्ला कालिकोट रेल कहिले जाला भन्दै उनले गित समेत बनाएका छन् । यति मात्रै होइन उनले अब भेट्न जान सकिँदैन बिहै नै गर्छुु भन्दै बुवालाई कोट सिलाउन समेत आग्रह गरेका छन् । साथीले बिहे गरिसकेपछि पर्नुु पिर परेको भन्दै उनले अब आफुले पनि कालिकोटमा रहेकी प्रेमीसंग बिहे गर्ने तर कोट सिलाउनुुपर्ने शर्त बुुवासंग राखेका छन् ।

 

 आफुु जनकपुुरको भएपनि कालिकोटे नानीसंग कसरी दिल बस्यो होला भन्ने पनि हुनसक्छ उनले सामाजिक संजाल फेशबुुकमार्फत भेट भएको र दुुरी अलि टाढा भएकोले भेट्न मुुस्कील भएको कुुरा गित मार्फत व्यक्त गरेका छन् । प्रस्तुुत कथा गायक महरले पछिल्लो सयम ल्याएको सिलाईदेउन कोट नामक गितमा उल्लेख गरेका छन् । 

 

सरकारी जागिर संगै गितसंगितको यात्रालाई पनि अगाडी बढाएका गायक महरले ल्याएको पछिल्लो गित सिलाईदेउन कोट नामक गित युुट्युुब मार्फत सार्बजनिक गरेसंगै जनकपुुरको रेल जुुम्ला कालिकोट चर्चामा आएको छ । गायक महरले ल्याएको गितमा जनकपुुरको रेल जुुम्ला कालिकोट जस्त शब्द आएपछि कतिले त व्यंग्यको रुपमा पनि लिएका छन् । 

 

सोलमारीमा गइन्छ, टुच्च लाईन्छ प्रस्तुत गितबाट चिनिएका गायक महरका सबै गितले बजार तताउन सफल भएका छन् । उनको यो पछिल्लो गितले पनि बजारमा चर्चा कमाएको छ ।

 

हालसम्म करिब ४० ओटा गित बजारमा ल्याएका उनका सोलमारीमा गएर टुच्च लाईन्छ, तिमी जापान भएनी म कोरीया भएनी, फुर्के डोरी, थाइल्याण्डको साडी, हावाले फरिया फरर लगायतका गितले बजारमा सर्वाधिक चर्चामा छन् । 

 

स्वरका धनि गाएक महर मोडलको रुपमा परिचित छन् । लोक गितसंगितमा आवाज मिसाउने गायक महरले आफैले गायका गितको म्यूजिक भिडियोमा आफै अभिनय समेत गर्ने गरेका छन् ।

 

सिलाईदेउन कोट नामक गितमा पनि मोडेल पुजन घिमिरेलाई साथ लिँदै आफैले अभिनय गरेका छन् । लोक पपमा आधारित यो गीतमा अविवाहित युवकले विवाहका लागि गरेको ‘हतारो’ को प्रसंगलाई यो गीतमा उतारिएको छ । धनसिंह गिरीको शब्द रहेको यो गीतमा स्वर र संगित एमटी महरले आँफैले भरेका छन् । पुुरा भिडियो हेर्नका लागि क्लिक गर्नुुहोस https://www.youtube.com/watch?v=f73LWvFaiiI

 

प्रतिकृया दिनुहोस
SITENAME

सरिता महादेवको शरणमा 

जीतसागर जी.एम.  दाङ ,भदौ । लोक तथा लोकपप गायिका सरिता प्रजापति तीज नजिकिँदै जाँदा भजन कृतनमा व्यस्त भएका छिन् । उनले मन्दिरमा गएर हर हर महादेव भन्दै

SITENAME

तिजको गित पनि गाउने भयो शालीकराम (भिडियो सहित)

  जीतसागर जी.एम. घोराही, १ भदौ साली हो बरको छाँयाले । निद लाग्दैन, भोक लाग्दैन तिम्रो माँयाले । गितबाट चर्चामा आउन सफल गायक शालीकराम चौधरीले

SITENAME

करार अवधि सकिएपछि सबै कमेडी सिरियल बन्द

    नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेका हास्यटेलिश्रृंखलाहरु लामो समयदेखि बन्द छन् । फलस्वरुप आठ बजेको समाचारपछिको पिक टाइममा टेलिभिजनले कुनै