ताजा खबर

अल्छी शिक्षकहरुलाई ठेगान लगाउने निति ल्याउछौ : नगर प्रमुख चौधरी

SITENAME


घोराही, ११ पुस/
घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले विकासको आधार नै शिक्षा भएको बताउनुभएको छ । वडा नम्बर ९ मा रहेको नरदेवि माविको ६३ औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले विकासको आधार नै शिक्षा भएको र शिक्षित व्यक्तिबाटै गुणस्तरीय विकास हुने बताउनुभएको हो ।

 

गुणस्तरीय र व्यवहारीक शिक्षा आजको आबस्यकता भएको भन्दै उहाँले व्यक्ति शिक्षत भए मात्रै दिगो र गुणस्तरीय विकास हुने बताउनुभयो । सामुदायिक विद्यालयमा अभिभाबक र  विद्यार्थीको आकर्षण घट्दै जानुले गम्भिर प्रश्न उठाएको भन्दै नगर प्रमुख चौधरीले शिक्षकहरु प्रति सोच्ने बेला आएको धारणा राख्नुभयो ।

 

नगरले शिक्षा निति पारित गर्ने अबस्थामा रहेको भन्दै उहाँले अब नगरको शिक्षालाई गुणस्तरी बनाउन आबस्यक सुधारका पक्षलाई प्राथमिकतामा राखेको बताउनुभयो । पढाउन अल्छी गर्ने शिक्षकहरु आफै किनारा लाग्नु पर्ने बाताबरण बनाउन लागेको भन्दै शिक्षकहरुलाई गुणस्तरीय शिक्षामा बिषेश ध्यान दिन आग्रह समेत गर्नुभयो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अकबरअली मियाको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगर शिक्षा महाशाखा प्रमुख श्रीप्रसाद भटराईले सामुदायिक विद्यालयलाई टिकाउन विद्यार्थीको आकर्षण बढाउनुपर्ने आबस्यकता औल्याउनुभयो । अभिभाबक र बालबालिकाको मन जित्ने गरी गुणस्तरीय शिक्षण सिकाईमा शिक्षकहरुले आफुलाई अब्बल बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल खड्काले बार्षिक गतिबिधीका बारेमा जानकारी दिनुभएको थियो । विद्यालयमा बर्षेनी बालबालिकाको संख्या घट्दै गएको र बिचमै कक्षा छोड्नेको समेत संख्यामा बृद्धी भएको तथ्यांक प्रस्तुत गर्नुभयो । करिब ७ सय विद्यालय रहेको विद्यालयमा गतबर्ष मात्रै ८८ जना विद्यार्थीले बिचमै कक्षा छोडेका थिए ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

  गाडी खरिदमा ठुुलै अनियमितता

प्रदेश ५ प्रदेशसभाको सचिवालयले खरिद गरेका सवारी साधनमा आर्थिक अनियमिता भएको छ । प्रदेश ५ प्रदेशसभा सचिवालयले भारतीय गाडी निर्माता टाटा कम्पनीको

प्रतिष्ठानमा संगिता भण्डारीको दादागिरी चल्यो : सांसद चौधरी

घोराही, १७ पुस/ सत्तारुढ दल नेकपाका सांसद् मेटमणी चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीले मनपरी गर्न थालेको टिप्पणि गर्नुभएको छ

SITENAME

राम्री घटनाप्रति दुख ब्यक्त, राहत उद्धारमा ध्यान दिन आग्रह 

घोराही, ७ पुस/ राष्ट्रपति बिद्यादेवी भण्डारीले दाङमा बिद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २३ जनाको निधन