ताजा खबर

प्रतिष्ठानमा संगिता भण्डारीको दादागिरी चल्यो : सांसद चौधरी


घोराही, १७ पुस/
सत्तारुढ दल नेकपाका सांसद् मेटमणी चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीले मनपरी गर्न थालेको टिप्पणि गर्नुभएको छ ।

 

संघीय संसदको आजको बैठकमा दाङ क्षेत्र नम्बर १ का सांसद चौधरीले सरकारले आम सर्वसधारण जनताको स्वास्थ्यमा सहज पहुँच पु¥याउने योजनामालाई राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानले खिल्ली उडाएको टिप्पणि गर्नुभयो ।

 

प्रतिष्ठानले सेवा कटौती सँगै सेवा शूल्कमा चरम बृद्धी गरेर दादागिरी मच्चाउन खोजेको आरोप समेत लगाउनुभयो । बिरामीले पर्चा काटे देखी नै उपचार सेवा शूल्कबाट तर्सिनु पर्ने स्थिती ल्याएको भन्दै उपकुलपति संगिता भण्डारीको कार्यशैली प्रति बिरोध गर्नुभयो ।

 

साविक विकास समितिका कर्मचारीहरुलाई तलबको व्यवस्था नगरेको, पोषण गृह बन्द भएको, निर्माण भइरहेको भौतिक पूर्वाधार पनि अलपत्र परेको भन्दै सांसद चौधरीले सदनको ध्यानाकर्षण गराउनुभयो ।

 

प्रतिष्ठानले सेवा सुविधाको शुल्कमा तेब्बरसम्म बृद्धि गरेर झनै मर्कामा पार्ने गरेको उल्लेख गर्नुभयो । उहाँले अनावश्यकरुपमा निर्धारण गरिएको शुल्क तत्काल फिर्ता लिन र साउन महिनादेखि तलब नपाएका कर्मचारीको तलब तत्काल उपलव्ध गराउन आग्रह समेत गर्नुभएको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

राम्री घटनाप्रति दुख ब्यक्त, राहत उद्धारमा ध्यान दिन आग्रह 

घोराही, ७ पुस/ राष्ट्रपति बिद्यादेवी भण्डारीले दाङमा बिद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २३ जनाको निधन

सुबास पुनको हत्या आरोपमा चार जना पक्राउ 

दाङ, ५ पुस  जिल्ला प्रहरी कार्यालय दाङले सुबास पुन मगरको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका—१३ तुरुन्तपुरका

SITENAME

विदेशबाट फर्किएर सीप परीक्षण गर्नुभयो ?

वैदेशिक रोजगारीमा गएर फर्किएका युवाले विदेशमा वर्षौं काम गर्दा पनि अनुभवको कुनै प्रमाण नपाउने भएपछि सरकारले त्यस्ता युवाको सीप परीक्षण र प्रमाणिकरण