ताजा खबर

  गाडी खरिदमा ठुुलै अनियमितता

SITENAME



प्रदेश ५ प्रदेशसभाको सचिवालयले खरिद गरेका सवारी साधनमा आर्थिक अनियमिता भएको छ । प्रदेश ५ प्रदेशसभा सचिवालयले भारतीय गाडी निर्माता टाटा कम्पनीको टाटा सफारी गाडी खरिदमा आर्थिक अनियमितता भएको हो । 

 

प्रदेश सचिवालयले ती सवारी साधन बुटवलको सफल अटो इन्टरनेशनलबाट सत्ताधारी दल नेकपाका मुख्य सचेतक भूमिश्वर ढकालको सक्रियतामा गाडी खरिद गरेको हो । सचिवालयले खरिद गरेका १४ वटा सवारी साधनमा व्यापक अनियमितता देखिएको हो । 

 

प्रदेशसभा सचिवालयले खरिद गरेका गाडीहरू मध्ये ११ वटा स्ट्रोम गाडी प्रतिगाडी ७१ लाख ९४ हजार ९ सय ९९ का दरले किनेको छ भने  ११ गाडी किन्न ७ करोड ९१ लाख ४४ हजार ९ सय ९९ रूपैयाँ खर्च भएको छ ।

 

टाटा मोटर्सको नेपालको आधिकारीक बिक्रेता सिपद्री ट्रेडिङले वेवसाइटमा राखेको मूल्यमा ७३ लाख ५५ हजार उल्लेख गरेको छ भने प्रतिसवारी साधन ६८ लाख ५५ हजार मूल्यमा सर्वसाधारणलाई बिक्री गर्दै आएको छ ।

 

सचिवालयले खरिद गरेको एउटै गाडीको मूल्य सर्वसाधारणले खरिद गर्नेभन्दा ३ लाख ३९ हजार ९ सय ९९ बढी देखाइएको छ । त्योसँगै सचिवालयले खरिद गरेका गाडीको बीमा बापत् लाग्ने प्रतिगाडी ५५ हजार रुपैयाँ छुट्टै उपलब्ध गराउने जनाएको छ ।।

प्रतिकृया दिनुहोस

प्रतिष्ठानमा संगिता भण्डारीको दादागिरी चल्यो : सांसद चौधरी

घोराही, १७ पुस/ सत्तारुढ दल नेकपाका सांसद् मेटमणी चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीले मनपरी गर्न थालेको टिप्पणि गर्नुभएको छ

SITENAME

अल्छी शिक्षकहरुलाई ठेगान लगाउने निति ल्याउछौ : नगर प्रमुख चौधरी

घोराही, ११ पुस/ घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले विकासको आधार नै शिक्षा भएको बताउनुभएको छ । वडा नम्बर ९ मा रहेको नरदेवि माविको ६३ औँ

SITENAME

राम्री घटनाप्रति दुख ब्यक्त, राहत उद्धारमा ध्यान दिन आग्रह 

घोराही, ७ पुस/ राष्ट्रपति बिद्यादेवी भण्डारीले दाङमा बिद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २३ जनाको निधन