ताजा खबर

घोराही–५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगीता 


घोराही, २८ पुस/
घोराही उपमहानगरपालिका—५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगीता सुरु भएको छ । माघ ४ गतेदेखि हुने मेयर कप फुटबल प्रतियोगीतालाई मध्यनजर गर्दै वडाध्यक्ष कप फुटबल प्रतियोगीता सुरु भएको हो । 

 

घोराही उपमहानगरपालिका—५ धर्नामा आयोजना गरिएको प्रतियोगीताको राष्ट्रियसभा सदस्य अनिता देबकोटाले उदघाटन गर्नुभएको थियो । वडाध्यक्ष बिष्णुमणी दाहालको अध्यक्षता एव राष्ट्रियसभा सदस्य देबकोटाको प्रमुख आतिथ्यता एवं नेपाली काग्रेसका क्षेत्रीय सभापति भुपबहादुर डाँगीको बिशिष्ट आतिथ्यतामा प्रतियोगीता उद्घाटन गरिएको हो । 

 

प्रतियोगीता उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य लोकी बिश्वकर्मा, नेकपा नेता भुमबहादुर गिरी, मदन डाँगी, नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम बिश्वकर्मालगायतले बोल्नुभएको थियो । प्रतियोगीता उद्घाटन कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गर्नुभएको थियो । 

 

प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय हुने समूहहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । भोलीसम्म सञ्चालन हुने प्रतियोगीतामा वडाका ५ वटा समूहको सहभागीता रहेको छ  । यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई मेयर कप फुटबल प्रतियोगीतामा वडाबाट खेल्ने अबसर प्राप्त गर्ने छन् ।। 
 

प्रतिकृया दिनुहोस
SITENAME

बेलझुण्डिमा २४ करोडको रंगशाला

घोराही, ९ साउन । दाङको बेलझुण्डीमा खेलकुद रंगशाला निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको २४ करोड रुपैयाँ बढिको लागतमा बेलझुण्डी एथलेटिक्स

SITENAME

विश्वकपको उपाधि जितेयता जर्मनीको राष्ट्रिय टोलीमा धेरै परिवर्तन

मस्को , १ असार । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेयता जर्मनीको राष्ट्रिय टोलीमा धेरै परिवर्तन भएको छ । सिनियर प्राय: खेलाडीले सन्न्यास

SITENAME

मेयरकपमा आजको पहिलो खेलमा सात नम्बर विजयी 

दाङ, २९ जेठ । घोराहीमा जारी प्रथम मेयरकप फुटबल प्रतियोगीता अन्तर्गत आज भएको पहिलो प्रतिष्पर्धामा वडा नम्बर ७ विजयी भएको छ । वडा नम्बर ७ ले वडा नम्बर ९