ताजा खबर

क्यानको चुनावपछि मात्र नेपालको निलम्बन फुकुवा

SITENAME

काठमाडौं,१३ वैशाख ।

 

नयाँ विधानअनुसार क्रिकेट संघको चुनाव भएपछि मात्र नेपालको निलम्बन फुकुवा हुने भएको छ ।

 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले क्रिकेट संघमा नयाँ नेतृत्व आएपछि मात्र निलम्बन फुकुवा हुने बताएको हो । कोलकाता बोर्ड बैठकपछि आईसीसीले भनेको छ, ‘संशोधित विधानअनुसार निर्वाचन भएपछि निलम्बन फुकुवाको दिशामा आगामी कदम चालिनेछ ।’

 

यससँगै आगामी जुनमा आईसीसीको साधारणसभाबाट नेपालको निलम्बन फुकुवा हुने सम्भावना बढेको छ ।

 

राखेपबाट विधान अनुमोदन

निर्वाचित क्यानको विशेष साधारणसभाले पास गरेको विधान राष्ट्रिय खेलकुद परिषद्ले अनुमोदन गरेको छ । राखेपले बिहीबार मात्र विधान अनुमोदन गरेको हो ।

 

यसअघि ६ वैशाखमा भएको क्यानको विशेष साधारणसभाले सल्लाहकार समूहले बनाएको विधान हुबहु अनुमोदन गरेको थियो । अब यो विधान आईसीसीमा पठाइनेछ ।

 

अबको प्रक्रिया केके हुन्छ ?

राखेपले अनुमोदन गरेको विधानलाई आईसीसीले स्वीकार गरेपछि मोनिटरिङ कमिटी गठन गर्नु पर्नेछ । विधानअनुसार यो कमिटीमा तीन जना आईसीसीको हुनेछ भने राखेप र निर्वाचित क्यानबाट एकएक जना प्रतिनिधि रहनेेछन् ।

 

यो कमिटीले चुनाव भएका ३७ जिल्ला संघमा फेरि चुनाव गर्नुपर्ने नपर्ने हेर्नेछ ।

 

तर, यसक्रममा विवाद हुने खतरा पनि छ । नयाँ विधानले सदस्यताको मापदण्ड फराकिलो बनाएको छ । क्रिकेट खेलाडीले पनि संघको सदस्यता लिन पाउँछन् ।

 

तेस्रो संशोधनअनुसार सदस्यता दिएर ३७ जिल्लामा चुनाव गर्नुपर्छ भन्यो भने के गर्ने भन्ने प्रष्ट छैन । निर्वाचित क्यानको तर्क छ, हामीले दोस्रो संशोधन अनुसार चुनाव गरेका हौं । तेस्रो संशोधनमा के मापदण्ड हुन्छ भनेर कसरी सदस्यता दिनु ?

 

तर, सल्लाहकार समूहका अरु सदस्यहरुले सदस्यहरुले मागे चुनाव हुन सक्ने बताउँछन् ।

 

३७ जिल्लाबारे मोनिटरिङ कमिटीले निर्णय लिएपछि बाँकी दुई जिल्ला भक्तपुर र लतिपुरको चुनाव हुन्छ । त्यसको ३० दिनभित्र प्रदेश चुनाव गर्नुपर्छ । प्रदेश चुनावको ३० दिनभित्र केन्द्रको चुनाव हुनुपर्ने विधानमा व्यवस्था छ ।

 

यो सबै प्रक्रिया पूरा गर्दा जुनमा बोलाइएको आईसीसीको साधारणसभा टरिसक्ने खतरा छ ।

प्रतिकृया दिनुहोस
SITENAME

बेलझुण्डिमा २४ करोडको रंगशाला

घोराही, ९ साउन । दाङको बेलझुण्डीमा खेलकुद रंगशाला निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको २४ करोड रुपैयाँ बढिको लागतमा बेलझुण्डी एथलेटिक्स

SITENAME

विश्वकपको उपाधि जितेयता जर्मनीको राष्ट्रिय टोलीमा धेरै परिवर्तन

मस्को , १ असार । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेयता जर्मनीको राष्ट्रिय टोलीमा धेरै परिवर्तन भएको छ । सिनियर प्राय: खेलाडीले सन्न्यास

SITENAME

मेयरकपमा आजको पहिलो खेलमा सात नम्बर विजयी 

दाङ, २९ जेठ । घोराहीमा जारी प्रथम मेयरकप फुटबल प्रतियोगीता अन्तर्गत आज भएको पहिलो प्रतिष्पर्धामा वडा नम्बर ७ विजयी भएको छ । वडा नम्बर ७ ले वडा नम्बर ९