ताजा खबर

कतारमा अलपत्र तीन नेपालीको पत्रकार महासंघको पहलमा उद्धार


दाङ, १३ वैशाख ।
कतारमा अलपत्र परेका ३ जना नेपालीको उद्दार भएको छ ।  नेपाल पत्रकार महासंघ कतार शाखाको अगुवाईमा अर्घाखाँची भूमिकास्थान–७ का तिलबहादुर रायमाझी, नवलपरासी सुनवल–१ का भिम चौधरी र रौतहटका सन्तोष पण्डितको उद्दार गरिएको हो । 

 

रायमाझी र चौधरी भोलि राति नेपाल फर्कदै हुनुहुन्छ भने सन्तोष पण्डितलाई फर्काउन पहल भइरहेको छ । काठमाण्डौंको रोयल इन्टरनेसनल ओभरसिस प्रालिबाट गएको चैत २४ गते कतार पुगेका उहाँहरुले भनेको काम र तलब नपाएपछि समस्यामा पर्नुभएको थियो । 

 

भनेको काम र तलब नदिएको कम्पनीले आफूलाई यातना पनि दिएको पीडितले गुनासो गरेका छन् । उनीहरुको अवस्था थाहा पाएपछि अर्घाखाँची सेवा समाज कतारका द्वितीय उपाध्यक्ष रामप्रसाद पराजुली र अर्घाखाँची सेवा समाजका महासचिव समेत रहेका पत्रकार टेकराज थापाले पीडितलाइू खाद्यान्न र नगद पनि सहयोग गरेका थिए । 

 

पत्रकार थापाले नै पीडितका बारेमा  नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँलाई जानकारी गराएपछि उद्धार प्रक्रिया सुरु भएको थियो । 

 

काम गर्ने सिलसिलामा शरीरमा एसिड पोखिएपछि तिलबहादुरको शरीर आधापाटो र हात जलेको छ । आफू भाग्यले बाँचे पनि कम्पनीले उपचारमा कुनै चासो नदिएको उहाँको गुनासो छ । ३ जना मध्ये रायमाझी र चौधरी भोलि राति ९ बजे नेपाल फर्किंदै हुनुहुन्छ भने  सन्तोष पण्डितलाई फर्काउन प्रक्रिया भइरहेको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

५२ कटेसी पो रमाउने भो जिन्दगी !

शुक्रबार साविक मानपुर-७ दाङमा रमाइलो जमघट भयो, मलेसियाबाट १२ वर्षपछि फर्किएका तीर्थबहादुर डाँगी दुलाहाजस्तै बनेर आफ्नै घरमा भित्रिए ।   तीर्थ

SITENAME

सिपबिनै वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमि आएन्

बिमला घर्ती घोराही, ५ असार । नेपालमा प्रति दिन एक हजार दुई सय देखि एक हजार पाँच सय जना बैदेशिक रोजगारमा जाने गरेका छन् ।    ती मध्य करिव ७५ प्रतिशत

SITENAME

 दाङबाट ५० हजार बढी युवा बैदेशिक रोजगारीमा

जीतसागर जी.एम. घोराही, २ असार केहि दिन अघि ४÷५ जना युवाको एक हुल जिल्ला प्रशासन कार्यालय दाङ नजिकै रहेको एउटा फोटो स्टुडियोमा पस्यो । त्यसपछि फोटो