समाचार
« ... 93 94 95 96 97 98 99 100 101 »
सरकारले साउनदेखि लागू हुने गरी विद्युत् महसुलमा २० प्रतिशत मूल्य बढाएको छ । विद्युत् महसुल निर्धारण आयोगले महसुल बढाउने निर्णय गरेको हो । आयोगले २० युनिटभन्दा कम खपत गर्ने ग्राहकले तिर्नुपर्ने दर भने यथावत् राखेको छ । २० युनिटभन्दा बढी उपभोग गर्नेले बिजुलीको महसुल उपभोगका अधारमा बढी तिर्नुपर्ने छ ।
कुटानी पिसानीका लागि गाउँ–गाउँसम्म आधुनिक मिलहरु पुग्न थाले पछि परम्परागत ढिकी, जाँतो र पानी घट्टको प्रचलन बिस्तारै लोप हुँदै गइरहेको छ । बिजुली नपुगेका विकट पहाडी गाउँबस्ती बाहेक अधिकांश ठाउँमा विजुली वा डिजेलबाट चल्ने आधुनिक मिलहरु बने पछि ढिकी, जाँतो र पानी घट्टहरु हराउँदै जान थालेका हुन् ।
सिकाई अनुसारको तह अन्तर्गत हरेक बिद्यालयमा कक्षा छुट्याइएको हुन्छ । कहिले काँही बिद्यार्थी वा शिक्षक थोरै भएमा दुई वटा कक्षाका बिद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पढाउने गरेको खासै नौलो होईन तर एउटै कक्षामा चारवटा कक्षाका बिद्यार्थीलाई राखेर पढाउने गरेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर अचम्म मान्नु पर्दैन दाङको एउटा बिद्यालयमा यस्तै तरिकाले पढाइ सञ्चालन गरिएको छ ।
नेल्टा केन्द्रले राप्ती बबई बहुमुखी क्यँम्पसलाई प्रदान गरेका पुस्तक मंगलवार एक कार्यक्रमबीच नेल्टा दाङले हस्तान्तरण गरेको छ ।
अनुमति बिना सञ्चालनमा रहेका दाङका दुई दर्जन बढी बोर्डिङ स्कुलहरु बन्द भएका छन् । बिद्यालय सञ्चलानमा कुनै पनि अनुमति नलिएका र तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरेको दुई दर्जन बिद्यालयहरु बन्द भएको संस्थागत बिद्यालय सञ्चालन, ब्यवस्थापन तथा अनुगमन समितिले जनाएको छ
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement