ताजा खबर

आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस : अधिकार, समानता र सशक्तिकरणमा जोड

SITENAME

घोराही, २४ फागुन । ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । 

यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ । नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।

सन् १९७५ देखि संयुक्त राष्ट्रसङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवका रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो ।

सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजारभन्दा बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । त्यही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै सङ्घर्ष शुरू गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ॥

प्रतिकृया दिनुहोस
SITENAME

भारतको उत्तराखण्डमा बन्धक ३५ जना नेपालीको उद्धार

काठमाण्डौ – आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्ड काशीपुर पुर्‍याइ बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ । नयाँ दिल्लीमा रहेको

SITENAME

आईपीएल क्रिकेटका स्थगित खेल जेठ तीन गतेदेखि शुरू हुने

काठमाण्डौ – भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका खेलहरु आउँदो १७ ‘मे’ तारिख अर्थात् जेठ ३ गते

SITENAME

विदेश जाने सत्र प्रतिशत बढे

काठमाडौँ, चैत ६ गते । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको