गायक विक्रम जंग थापाको ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक

दाङ्गाली गायक तथा मोडल विक्रम जंग थापाको नयाँ गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक भएको छ । दाङबाट गायन यात्रा शुरु गर्नु भएका गायक तथा मोडल थापा १५ वर्षदेखी निरन्तर गीत सङ्गीतको यात्रामा लाग्नु भएको छ भने विक्रमले अहिले बजारमा ल्याएको माया प्रेममा आधारित ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ गीत भोलूम अन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा गायक थापासँगै लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ । गीतको शब्द दोर्ण अधिकारीले लेख्नु भएको हो भने संगीत कारण न्यौपानेको रहेको छ । गीतलाई कृष्ण केसीले एरेन्ज गर्नु भएको छ । गीतको म्युजिक भिडियोमा क्रान्ति केसीको निर्देशन रहेको छ । भिडियोमा स्वयं गायक विक्रम जंग थापा, स्मारिका ढकाल, एन्जिला खत्री, इन्द्र प्रसाद ढकाल र दोर्ण अधिकारीको अभिनय देख्न सकिन्छ ।
यसअघि पनि गायक थापाका ‘सिनेमाको हिरो’, ‘आज मुड चल्याछ’, ‘झ्याप्प आज भेट भो’, ‘आत्मा जलाई जलाई’ र ‘जोडी जम्छ दामी’ लगायतका गीत सार्वजनिक भइसकेका छन् । दाङको घोराही उपमहानगरपालिका ५ स्थायी घर भएका थापा पछिल्लो समय काठमाडौंलाई केन्द्र बनाएर गीतसंगीत क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य समेत रहनु भएका थापा गायनसँगै उहाँले अभिनय क्षेत्रमा समेत आफ्नो यात्रा अगाडि बढाइरहनु भएको छ ।

तिहारको आज मुख्य दिन, भाइटीका,
दाङ, १० कातिक । यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र

कमल गाउँलेको के के हुने हो सार्वजनिक
घोराही, ८ साउन/ हास्य कलाकार कमल गाउँलेले यस बर्ष गाईजात्रे ‘के के हुने हो’ नामक गित सार्वजनिक गर्नुभएको छ । कलाकार गाउँलेले २० औँ कोशेलीका?पमा

प्रलेसको २७ औँ स्थापना दिवस, ६ जनालाई सम्मान र पुरस्कार
घोराही, ३ पुस/ प्रगतिशिल लेखक संघ नेपाल दाङको २७ औँ स्थापना दिवस आज घोराहीमा मनाईएको छ । स्थापना दिवसका अबसरमा ४ जना स्रष्टालाई पुरस्कृत र दुईजनालाई





प्रतिकृया दिनुहोस