ताजा खबर

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

SITENAME

घोराही, ६ वैशाख ।
सरकारले आज र सोमबार दाङ लगाएत देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । 

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको  स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ । 

त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । 

भिटामिन ‘ए’ले आँखाको ज्याति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र जुकाको औषधिले पेटका किरा हटाउनुका साथै बालबालिकालालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखाला जस्ता समस्याबाट बचाउने चिकित्सकले जनाएका छन् ।। 
 

प्रतिकृया दिनुहोस
SITENAME

एसईई ग्रेड वृद्धि परीक्षा असार १ गतेदेखि हुने

  वैशाख २९ गते ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १

SITENAME

सरकार द्वारा विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण : १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समयको व्यवस्था

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण गरेको छ । हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुने

SITENAME

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ध्रुव केसी सहितको प्यानल विजयी 

घोराही, २७ वैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको मत गणना सम्पन्न भएको मुख्य निर्वाचन