विद्युत् महसुल तिर्न सजिलो बनाउँदै प्राधिकरण, सेवा प्रदायक छनोट प्रक्रिया शुरू

घोराही, ६ वैशाख ।
नेपाल विद्युत् प्राधिकरणले महसुल सङ्कलनलाई सहज र प्रभावकारी बनाउन निजी तथा विद्युतीय सेवा प्रदायक संस्थाको छनोट प्रक्रिया अघि बढाएको छ । यसका लागि प्राधिकरणले इच्छुक संस्थासँग प्रस्ताव आह्वान गरेको छ।
प्राधिकरणका अनुसार विद्युतीय माध्यमबाट भुक्तानी सेवा सञ्चालन गर्ने वा गराउन सक्ने संस्थाहरूले आवश्यक कागजातसहित प्रस्ताव पेस गर्न सक्नेछन् ।
सेवा प्रदायकले कम्तीमा पाँच जना दक्ष प्राविधिक जनशक्ति राख्नुपर्नेछ भने प्रस्तावमा आफ्नो कार्यक्षेत्र, सेवा सञ्जाल, प्रयोग हुने प्रविधि, सफ्टवेयर तथा उपकरणको विस्तृत विवरण पनि उल्लेख गर्नुपर्नेछ ।
प्राधिकरणले दुर्गम क्षेत्रका ग्राहकसम्म पनि विद्युतीय माध्यमबाट सेवा पु¥याउने सुनिश्चितता गर्न जोड दिएको छ । स्वीकृत भएपछि १५ दिनभित्र सम्झौताका लागि उपस्थित हुनुपर्ने र कम्तीमा एक वर्ष म्याद भएको १ करोड रुपैयाँ बराबरको बैङ्क जमानत अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
यसले देशभरका विद्युत् उपभोक्तालाई डिजिटल माध्यममार्फत सहज, सुरक्षित र छरितो रूपमा महसुल तिर्ने सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।।

एसईई ग्रेड वृद्धि परीक्षा असार १ गतेदेखि हुने
वैशाख २९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १

सरकार द्वारा विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण : १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समयको व्यवस्था
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण गरेको छ । हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुने

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ध्रुव केसी सहितको प्यानल विजयी
घोराही, २७ वैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको मत गणना सम्पन्न भएको मुख्य निर्वाचन





प्रतिकृया दिनुहोस