ताजा खबर

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

SITENAME

अमर क्षितिज भण्डारी 
दाङ २१ बैसाख। 

लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले साेमबार नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गर्नुभएको हो ।

उहाँले संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो ।`सात प्रदेशमध्ये लुम्बिनी प्रदेशले राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । 

भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारले आफ्नै लगानीमा निर्माण गरेको भवनमा सबै मन्त्रालय सारिएको जानकारी दिँदै यसलाई अन्य प्रदेशका लागि सिकाइको उदाहरण भएको बताउनुभयो ।

राप्ती गाउँपालिका–३ स्थित मण्डला आकारको प्रशासनिक केन्द्रमा मन्त्रालय, निर्देशनालय तथा अन्य विभागहरूले एकै परिसरबाट सेवा प्रवाह सुरु गरेका छन् ।

यसअघि स्वास्थ्य मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय तथा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अलग-अलग स्थानबाट सञ्चालन हुँदै आएका थिए । अब ती सबै मन्त्रालय पनि यही परिसरबाट सञ्चालन हुने प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।

काठमाडौँस्थित शर्मा-सगुन जेभीले निर्माण सम्पन्न गरेको उक्त प्रशासनिक केन्द्रका लागि प्रदेश सरकारले २०७९ साल मंसिर २८ गते ठेक्का सम्झौता गरेको थियो । सोही वर्ष फागुन ३ गते स्थापना दिवसको अवसर पारेर शिलान्यास गरिएको थियो ।

प्रदेश राजधानी कार्यान्वयन एकाइका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराईका अनुसार १७ बिगाहा १९ कठ्ठा ४ धुर जग्गामा ९ अर्व २९ करोड ३८ लाख ७२ हजार रुपैयाँको लागतमा  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० वटा मन्त्रालय भवन निर्माण सम्पन्न भएको छ ।

६ तले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सहित  अन्य १० वटा मन्त्रालय भवन एउटै डिजाइनमा निर्माण गरिएका छन् भने मुख्यमन्त्री कार्यालयको भवन फरक शैलीमा  अन्डरग्राउन्ड पार्किङसहित ६ निर्माण गरिएको छ ।

नयाँ प्रशासनिक केन्द्र सञ्चालनमा आएसँगै सेवा प्रवाह थप सहज, प्रभावकारी र एकीकृत हुने अपेक्षा गरिएको छ ।

पहिलो कार्याकाल रुपन्देहीको बुटवलमा बिताएको लुम्बिनी प्रदेश सरकारले  २०७९ मंसिर २८ गते दाङको देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालयका भवनहरुमा मन्त्रालयकाे काम थालेकाे थियाे ।

प्रतिकृया दिनुहोस
SITENAME

लुम्बिनी प्रदेश सभा नबौँं बैठकमा दुई बिधेयक र एक विधेयक माथि सैद्धान्तिक छलफल

घोराही, २६ चैत । लुम्बिनी प्रदेश सभाको आज बसेको सातौं अधिवेसनको नबौँं बैठकमा दुई बिधेयक र एक विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश

SITENAME

प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई हटाइयो

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई हटाउनुभएको छ । रास्वपाको केन्द्रीय अनुशासन

SITENAME

उपसभामुखमा श्रम संस्कृतिकी रुवी ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

काठमाण्डाै – प्रतिनिधसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाको