ताजा खबर

सरकार द्वारा विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण : १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समयको व्यवस्था

SITENAME

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण गरेको छ । हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुने भएपछि  नयाँ कार्य तालिका निर्धारण गरेको हो ।

मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठनपाठनमा स्वीकृत पाठ्यक्रमले तोकेअनुसार कार्य घण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्को गएको चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र–२०८३ मा विद्यालयमा पनि हप्ताको दुई दिन बिदा दिने निर्णय भएको थियो । 

यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्य तालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको हो । यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई, सबै पालिका र  विद्यालयलाई पठाइएको छ । परिपत्रअनुसार अब पठनपाठनलाई प्रभावकारी बनाउन हरेक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ । 

त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हिउँदे र बर्से बिदाको अवधि साबिकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ । अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न गर्नुपर्नेछ । 

स्वीकृत पाठ्यक्रम एवम् निर्धारण गरिएका सिकाइ उपलब्धिका आधारमा सिकाइ व्यवस्थापन गर्न साप्ताहिक रूपमा शुक्रबार समुदाय एवं परिवारका क्रियाकलाप, सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोगसँग सम्बन्धित बहु विषयमा आधारित परियोजना तथा प्रयोगात्मक कार्य दिन र आवश्यकताअनुसार प्रस्तुति गर्ने अवसर प्रदान गरिनेछ । 

परियोजना तथा प्रयोगात्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको 'परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ बाट समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

एसईई ग्रेड वृद्धि परीक्षा असार १ गतेदेखि हुने

  वैशाख २९ गते ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १

SITENAME

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ध्रुव केसी सहितको प्यानल विजयी 

घोराही, २७ वैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको मत गणना सम्पन्न भएको मुख्य निर्वाचन

SITENAME

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

घोराही, ६ वैशाख । सरकारले आज र सोमबार दाङ लगाएत देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ ।  राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत