ताजा खबर

दाङमा एक जनाको बञ्चरो प्रहारबाट हत्या

SITENAME

घोराही, २६ वैशाख ।

सामुदायिक वनमा भएको विवादले उग्र रुप लिदा दाङमा एक जनाको हत्या भएको छ ।

आज दिउँसो १ः४० बजेको समयमा जिल्लाको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट सोहि ठाउँका ५६ वर्षिय भोला यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रेशम बोहोराले जानकारी दिनुभएको छ ।

रामजानकी सामुदायिक वन क्षेत्रबाट काठ दाउँरा लिने विषयमा भएको विवादका क्रममा सोहि ठाउँको सन्तपुरुवा बस्ने २३ वर्षीय इच्छा कुमार रैदासले यादवमाथि बञ्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेको र घटनामा संलग्न इच्छा कुमार रैदास फरार रहेको र खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मृतक यादवको शवलाई पोष्टमार्टमको लागि लमही अस्पताल पठाईएको प्रहरीले जनाएको छ ॥

प्रतिकृया दिनुहोस
SITENAME

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ध्रुव केसी सहितको प्यानल विजयी 

घोराही, २७ वैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको मत गणना सम्पन्न भएको मुख्य निर्वाचन

SITENAME

पर्यटन प्रवद्र्धनका लागि घोराहीमा स्ट्रिट फुड फेस्टिभल हुने

घोराही, ३० चैत ।  दाङ देउखुरी होटल व्यवसायी समिति दाङले सडक खाना महोत्सव (रोड फुड फेस्टिभल) गर्ने भएको छ ।    दाङको पर्यटन प्रवद्र्धन तथा ओरालो

SITENAME

लुम्बिनी प्रदेश सभा नबौँं बैठकमा दुई बिधेयक र एक विधेयक माथि सैद्धान्तिक छलफल

घोराही, २६ चैत । लुम्बिनी प्रदेश सभाको आज बसेको सातौं अधिवेसनको नबौँं बैठकमा दुई बिधेयक र एक विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश