ताजा खबर

उपसभामुखमा श्रम संस्कृतिकी रुवी ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

SITENAME

काठमाण्डाै – प्रतिनिधसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाको उम्मेदवारी  दर्ता भएको छ ।

आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकोमा ठाकुर र लामाले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँहरू दुवै जना समानुपातिक सांसद हुनुहुन्छ ।

प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डाेलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको व्यक्ति हुनुपर्ने व्यवस्था छ । उपसभामुखको चुनाव भोलि हुँदैछ ।

यसैबीच रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवी ठाकुरलाई समर्थन गरेको छ । ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका आरेन राई हुनुहुन्छ भने रास्वपाका अशोक चौधरी र श्रम संस्कृतिकी अम्बिकादेवी सङ्ग्रौलाले समर्थन गर्नुभएको छ । योसँगै उपसभामुखमा रुबी ठाकुर निर्वाचित हुने निश्चित भएको छ ।

सत्तारूढ दल रास्वपासँग एक्लै झन्डै दुईतिहाइ मत छ । यस्तै ठाकुरलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

अमर क्षितिज भण्डारी  दाङ २१ बैसाख।  लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । मुख्यमन्त्री

SITENAME

लुम्बिनी प्रदेश सभा नबौँं बैठकमा दुई बिधेयक र एक विधेयक माथि सैद्धान्तिक छलफल

घोराही, २६ चैत । लुम्बिनी प्रदेश सभाको आज बसेको सातौं अधिवेसनको नबौँं बैठकमा दुई बिधेयक र एक विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश

SITENAME

प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई हटाइयो

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई हटाउनुभएको छ । रास्वपाको केन्द्रीय अनुशासन