ताजा खबर

लुम्बिनी प्रदेश सभा नबौँं बैठकमा दुई बिधेयक र एक विधेयक माथि सैद्धान्तिक छलफल

SITENAME


घोराही, २६ चैत ।
लुम्बिनी प्रदेश सभाको आज बसेको सातौं अधिवेसनको नबौँं बैठकमा दुई बिधेयक र एक विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश भएका छन् । 

आजको बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक र जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २)७५ संशोधन विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको हो । 

त्यसैगरी बैठकमा उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्तावमाथि प्रदेश सभा सदस्य इन्द्रजीत थारु, भूवनेश्वर चौधरी, रत्नबहादुर खत्री र निमा गिरीले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

आजको बैठकमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले मन्त्रालयको कार्यप्रगति प्रस्तुत गर्नु भएको थियो । 

बैठकको बिशेष समस्यमा बोल्दै प्रदेशसभा सदस्यहरु बर्दियामा मान्छे मार्ने बाघको त्रास फैलिएको भन्दै त्यस्ता बाघलाई स्थानान्तरण गर्नुपर्ने, डिजिटल साक्षरता अभिवृद्धि, पाठ्यक्रम सुधार तथा प्रादेशिक साइबर डेस्क स्थापना गर्नुपर्ने, युवाहरुलाई सृजनशील क्षेत्रमा जोड्न डिजिटल क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने र प्राकृतिक स्रोतको अत्यधिक दोहन भइरहेको भन्दै नियन्त्रणका लागि स्पष्ट योजना ल्याउन सरकारसँग माग गरेका छन् । 

प्रदेश सभा सदस्यहरुले  चालु आर्थिक वर्षमा विनियोजित बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको बताउँदै विशेषगरी कृषिक्षेत्रका कार्यक्रम प्रभावित भएको, अधुरा आयोजना जीर्ण बन्दै गएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकमा प्रदेश सभाको आगामी दशौं बैठक भोली चैत २७ गते बिहान ११ बजे बस्ने छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

एसईई ग्रेड वृद्धि परीक्षा असार १ गतेदेखि हुने

  वैशाख २९ गते ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १

SITENAME

सरकार द्वारा विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण : १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समयको व्यवस्था

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण गरेको छ । हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुने

SITENAME

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ध्रुव केसी सहितको प्यानल विजयी 

घोराही, २७ वैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको मत गणना सम्पन्न भएको मुख्य निर्वाचन