ताजा खबर

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ध्रुव केसी सहितको प्यानल विजयी 

SITENAME


घोराही, २७ वैशाख ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको मत गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभएको छ ।

सम्पन्न मत परिणाम अनुसार ध्रुव केसी सहितको प्यानल विजयी भएको छ । मत परिणाम अनुसार अध्यक्ष पदमा ध्रुब केसी २ हजार ५९३  मत सहित बिजयी हुनुभएको छ भने उहाँको निकतम प्रतिद्वन्दी किशोर कुमार आचार्यले ६८० मत प्राप्त गर्नुभएको छ । त्यस्तै अर्का अध्यक्षका प्रत्यासी सुमन शर्माले १५५ मत प्राप्त गर्नुभएको छ । 

वरिष्ठ उपाध्यक्षमा भरतमणि पान्डेले १ हजार ९१६ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ भने उहाँका निकतम प्रतिद्वन्दी यशोदा पान्डेले १ हजार २२८ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै महिला उपाध्यक्षमा खुमा कुमारी खड्काले १ हजार ३६१ मत सहति बिजयी हुनुभएको छ भने उहाँका निकतम प्रतिद्वन्दी निरजा पोख्रेलले १ हजार २२७  मत प्राप्त गर्नुभएको छ । महिला उपाध्यक्षका अर्का प्रतिद्वन्दी कमला लम्सालले ५४५ मत प्राप्त गर्नुभएको छ । 

समितिको सचिव पदमा धर्मेन्द्र श्रेष्ठले २ हजार ३३९ मत सहित बिजयी हुनुभएको छ भने निकतम प्रतिद्वन्दी दिनेश वलीले ८४२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै कोषाध्यक्ष पदमा टिकाराम वलीले १ हजार ४३३ मत सहित बिजयी वन्नुभएको छ भने निकतम प्रतिद्वन्दी दिनेश आचार्यले १ हजार ११७ मत तथा अर्का कोषाध्यक्षका प्रत्यासी पहलमान थापाले ५७० मत प्राप्त गर्नुभयो ।

खुल्ला सदस्य तर्फ २ हजार  १८ मत सहित चुर्ण वहादुर वली, १ हजार ६०२ मत सहित निरजकुमार कार्की तथा १ हजार ५३४ मत सहित नविन पोखरेल विजयी हुनुभएको हो ।

महिला सदस्य पदमा विन्दु पाण्डेयले २ हजार ५४, रेखा न्यौपानेले १ हजार ८ सय ६९ र उषादेवी थापाले १ हजार ६ सय ९४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

खुल्ला सदस्य तर्फ ७ जनाको प्रतिस्पर्धा भएको थियो जसमा सुरेश के.सी.ले १ हजार ५३२ मत प्राप्त गर्नुभएको छ । उहाले २ मतले हार व्यहोर्नु परेको हो । त्यस्तै तुलसीराम दहालले ८ सय, राम कुमार दहालले ७ सय २२ र विजयकुमार गुप्ताले ६ सय ११ मत प्राप्त गर्नुभएको छ ।


महिला सदस्य  तर्फ ६ जनाको प्रतिस्पर्धा भएको थियो जसमा आशा पुन घर्तीले १ हजार २ सय ५८ किरण गौतमले १ हजार २ सय २७ र सम्झना शर्माले ९ सय २८ मत प्राप्त गर्नुभएको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

दाङमा एक जनाको बञ्चरो प्रहारबाट हत्या

घोराही, २६ वैशाख । सामुदायिक वनमा भएको विवादले उग्र रुप लिदा दाङमा एक जनाको हत्या भएको छ । आज दिउँसो १ः४० बजेको समयमा जिल्लाको राजपुर गाउँपालिका–४

SITENAME

पर्यटन प्रवद्र्धनका लागि घोराहीमा स्ट्रिट फुड फेस्टिभल हुने

घोराही, ३० चैत ।  दाङ देउखुरी होटल व्यवसायी समिति दाङले सडक खाना महोत्सव (रोड फुड फेस्टिभल) गर्ने भएको छ ।    दाङको पर्यटन प्रवद्र्धन तथा ओरालो

SITENAME

लुम्बिनी प्रदेश सभा नबौँं बैठकमा दुई बिधेयक र एक विधेयक माथि सैद्धान्तिक छलफल

घोराही, २६ चैत । लुम्बिनी प्रदेश सभाको आज बसेको सातौं अधिवेसनको नबौँं बैठकमा दुई बिधेयक र एक विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश