बन्द रहेको मलेशियाको रोजगार सेवा खुल्ला

दाङ, २६ भदौ/१५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्ने सहमति भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिब स्तरीय प्राबिधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो ।
यो सहमतिसंगै नेपालबाट नयाँ कामदार मलेसिया जान पाउने भएका छन् । कामदारहरु अब शून्य लागतमा मलेसिया जान पाउने ब्यबस्था गरिएको छ ।
कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्ने ब्यबस्था गरिएको छ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा फिर्ता गर्ने समझदारी दुबै दशेबीच भएको छ ।
दुई देशबीच गएको कात्तिक १२ गते भएको श्रम मसझदारी कार्यान्वयन गर्ने सहमति भएको वार्तामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।।

सल्यानका गोर्खबहादुर खड्काको मलेसियामा निधन
सल्यान, १५ पुस / सल्यानका एक व्यक्तीको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका सल्यान दार्मा गाउँपालिका ढाकाडाँमका
काबुल हमलामा दुई नेपालीको मृत्यु
घोराही, १८ भदौ/अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती बम बिस्फोटमा परी २ नेपाली सहित १६ जनाको मृत्यु भएको छ । एक सय १९





प्रतिकृया दिनुहोस