कमल गाउँलेको के के हुने हो सार्वजनिक

घोराही, ८ साउन/
हास्य कलाकार कमल गाउँलेले यस बर्ष गाईजात्रे ‘के के हुने हो’ नामक गित सार्वजनिक गर्नुभएको छ । कलाकार गाउँलेले २० औँ कोशेलीका?पमा तयार पार्नुभएको के के हुने हो भन्ने गाईजात्रे गितको आज घोराहीमा बिमोचन समेत गरिएको छ ।
उक्त गितको बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले विमोचन गर्नुभएको हो । उक्त गाईजात्रे गितमा भ्रष्टाचार, अनियमितता, रोग, भोक, राजनिति, नेताको प्रबृत्ती, आन्दोलन, सत्ता लगाएतका बिषयलाई व्यंग मार्फत चित्रित गरिएको छ ।
https://www.youtube.com/watch?v=NBM2f3jtCsA
कार्यक्रममा बोल्दै कमल गाउँलेले २०५७ साल देखी आफुले निरन्तरत गाईजात्रे गितहरु बजारमा ल्याएको बताउनुभयो । गित, कला र व्यंग्य मार्फत समसामयी विषयलाई उजागर गर्दै सुशासन कायम गर्ने आफ्नो उदेश्य रहेको बताउनुभयो ।
देशमा असल मान्छे, असल प्रबृत्ती र सुशासन कायम होस भन्ने उदेश्यका साथ व्यंग्यात्मक ढंगबाट गाईजात्रालाई आफुले गितमा जोडेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ पत्रकार शर्माले शब्द र बोलीबाट समाज रुपान्तरणमा ठूलो भूमिका खेल्न सकिने बताउनुभयो ।
हास्यकलाकार कमल गाउँलेका प्रस्तुतीहरु सामाजिक चरित्र सँग जोडिएर आउने समेत उल्लेख गर्नुभयो । भ्रष्टाचार, अनियमितता, आरोप प्रत्यारोपलाई बदल्न व्यंग्यहरुले दवाव दिने बताउनुभयो ।
गित संगित र कलाको माध्यमबाट सरकारका कामको प्रसंसा र खराब कामको आलोचना गर्नु आबस्यक रहेको समेत बताउनुभयो । समाज रुपान्तरणमा व्यंग्यले सघाउने उहाँको भनाई छ ।।

गायक विक्रम जंग थापाको ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक
दाङ्गाली गायक तथा मोडल विक्रम जंग थापाको नयाँ गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक भएको छ । दाङबाट गायन यात्रा शुरु गर्नु भएका गायक तथा

तिहारको आज मुख्य दिन, भाइटीका,
दाङ, १० कातिक । यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र

प्रलेसको २७ औँ स्थापना दिवस, ६ जनालाई सम्मान र पुरस्कार
घोराही, ३ पुस/ प्रगतिशिल लेखक संघ नेपाल दाङको २७ औँ स्थापना दिवस आज घोराहीमा मनाईएको छ । स्थापना दिवसका अबसरमा ४ जना स्रष्टालाई पुरस्कृत र दुईजनालाई





प्रतिकृया दिनुहोस