तिहारको आज मुख्य दिन, भाइटीका,

दाङ, १० कातिक ।
यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाएका छन् ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम थियो । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको थियो ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ । आज तिहारको मुख्य दिन शहर बजार शुनसान देखिएका छन् भने गाउँघर तिहारमय बन्दा चहलपहल बढेको छ ।।

गायक विक्रम जंग थापाको ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक
दाङ्गाली गायक तथा मोडल विक्रम जंग थापाको नयाँ गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक भएको छ । दाङबाट गायन यात्रा शुरु गर्नु भएका गायक तथा

कमल गाउँलेको के के हुने हो सार्वजनिक
घोराही, ८ साउन/ हास्य कलाकार कमल गाउँलेले यस बर्ष गाईजात्रे ‘के के हुने हो’ नामक गित सार्वजनिक गर्नुभएको छ । कलाकार गाउँलेले २० औँ कोशेलीका?पमा

प्रलेसको २७ औँ स्थापना दिवस, ६ जनालाई सम्मान र पुरस्कार
घोराही, ३ पुस/ प्रगतिशिल लेखक संघ नेपाल दाङको २७ औँ स्थापना दिवस आज घोराहीमा मनाईएको छ । स्थापना दिवसका अबसरमा ४ जना स्रष्टालाई पुरस्कृत र दुईजनालाई





प्रतिकृया दिनुहोस