ताजा खबर

पद्मोदय क्याम्पस द्वारा साप्ताहिक बित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

SITENAME


माघ २८ दाङ  पद्मोदय क्याम्पस शिक्षक–विद्यार्थी संमन्वय समितिको आयोजनामा एक हप्ते वित्तिय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ ।क्याम्पसले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने र विद्यार्थिको नेतृत्व गर्न सक्ने क्षमतामा विकास गर्ने उदेश्यले सन्चालन भएको बित्तिय साक्षरता कार्यक्रममा घोराहीका प्लस टु सञ्चालन भएमा सात वटा बिद्यालयहरुमा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।।  

पद्मोदय पब्लिक नमुना मा.बि भरतपुरबाट सञ्चालन भएको कार्यक्रममा शिक्षक निश्चल आचार्यले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा व्यवस्थापन र बिज्ञान सङ्काय तर्फका जम्मा १९३ जनाको सहभागीता रहेको थियो ।  दोस्रो दिन रोमन अधिकारि र मदन खनालको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा रझेना माबिका  व्यवस्थापन र बिज्ञान सङ्काय तर्फ जम्मा १०५ जना सहित शिक्षक पदम आचार्य र भेषराज भण्डारी रहनुभएको थियो । तेस्रो दिन रमेश घिमिरे र किरण पौडेल को मन्तव्यबाट सुरुभएको कार्यक्रममा माउन्ट भ्युका १२८ जना बिद्यार्थी सहभागी रहेका थिए । चौथो दिन श्रि मा बि डाडागाउ गोग्लिमा सम्पन्न भएको कार्यक्रममा ३९ जना बिद्यार्थी सहभागी रहेका थिए , उक्त कार्यक्रमको स्वागत मन्तव्य अजय शर्माले राख्नुभएको थियो , यसैगरी श्रि गङ्गा माबि रामपुरमा सम्पन्न भएको कार्यक्रममा ४० जना बिद्यार्थी सहभागी रहेका थिए ।।

 पाँचौ दिन माबि जजरागाउँ का प्र अ. बिप्लप अधिकारीको  स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा शिक्षा र व्यवस्थापन संकायका ४६ जान सहयोगी रहेका थिए, कृष्ण कुमार न्यौपाने र ध्रुव अधिकारीको उपस्थितिमा शिक्षक मेधराज अधिकारी, टङ्क प्रशाद पौडेल र रिमा गौतमले कार्यक्रमको समिक्षा गर्नुभएको थियो ।। छैठौं दिन जनज्योति बिद्यामन्दिरमा सम्पन्न भएको कार्यक्रममा व्यवस्थापन र बिज्ञान सङ्काय तर्फका जम्मा २२ जना बिद्यार्थीको सहभागिता रहेको थियो ।।। अन्तिम सातौं दिन कार्यक्रमको  समिक्षा गरि समापन गरिएको थियो ।।

शिक्षक विद्यार्थी समन्वय समितिले यस क्याम्पसको वृद्धि र बिकासमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुको साथै क्याम्पसबाट सञ्चालित सम्पुर्ण कार्यक्रम को आयोजना गर्दै आएको छ।    यस समितिले विद्यार्थी र शिक्षक बिच संमन्वय गर्न पनि सहज तुल्याएको छ। बिद्यार्थीहरुले पढेका कुरालाई व्याबहारिक रुप दिन नसक्ने र धेरै त्रुटि गरिरहने भएकोले क्याम्पस समितिले बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको थिए ।

कार्यक्रममा समितिका अध्यक्ष बिष्णु गोराथोकी, सचिव नारायण न्यौपाने , सह–सचिव दिपक पाण्डे, र टङ्क डांगीले बित्तीय साक्षरताको प्रशिक्षण दिनुभएको थियो भने  कोषाध्यक्ष उर्मिला वलि र सदस्यहरु सुस्मिता चौधरी, निर्मला कालाथोकी, अस्मिता भण्डारी, शिल्पा केसि र शिरीष रेग्मीले साप्ताहिक बित्तीय साक्षरता कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।।।
 

प्रतिकृया दिनुहोस
SITENAME

विद्युत् महसुल तिर्न सजिलो बनाउँदै प्राधिकरण, सेवा प्रदायक छनोट प्रक्रिया शुरू

घोराही, ६ वैशाख । नेपाल विद्युत् प्राधिकरणले महसुल सङ्कलनलाई सहज र प्रभावकारी बनाउन निजी तथा विद्युतीय सेवा प्रदायक संस्थाको छनोट प्रक्रिया अघि

SITENAME

रेडियो मध्यपश्चिमद्धारा १८औँ स्थापना दिवस मनाईयो 

घोराही, १जेठ । प्रेस काउन्सिलका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले देशमा राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक र सांस्कृतिक

SITENAME

साउनमा झन्डै दुई अर्बको विद्युत निर्यात

घोराही, ५ भदौ । चालू आर्थिक वर्ष २०७९।८०को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू