रेडियो मध्यपश्चिमद्धारा १८औँ स्थापना दिवस मनाईयो

घोराही, १जेठ ।
प्रेस काउन्सिलका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले देशमा राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक र सांस्कृतिक जागरण ल्याउने अभियानको थालनी भएपनि अझै पूरा हुन नसकेको बताउनुभएको छ ।
दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड संस्था लिमिटेडद्वारा संचालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्जको १८औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि शर्माले जागरण ल्याउने अभियानलाई सार्थक बनाउन मिडियासँगै सरोकार सबै क्षेत्रको प्रभावकारी भुमिका आवश्यक रहेको बताउनुभयो ।

रेडियो संचालक समितिका अध्यक्ष मधुसुदन वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोको संस्थापक अध्यक्षसमेत रहनुभएका शर्माले अहिलेको प्राप्त उपलब्धी र रुपान्तरणको अवस्था बारे समिक्षा जरुरी रहेको बताउनुभयो ।
देशमा पछिल्लो समय विभिन्न प्रकारका विकृति विसंगतिले गाँज्दै लगेको भन्दै समाजमा सकारात्मकता स्थापना गर्न मिडियाले ती चुनौति चिर्नुपर्नेमा जोड दिनुभयो ।

समाज रुपान्तरणको अभियान थालनी भए पनि लक्ष्य प्राप्तिमा राज्य संचालक अलमलिएको उहाँको टिप्पणी थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले समाजका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले खोलिएको रेडियोले समाजको विश्वास आर्जन गर्न सफल भएको बताउनुभयो ।
उहाँले रेडियो मध्यपश्चिमले खेलेको भुमिकाको सिको अरु संचारमाध्यमले पनि गर्न सक्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिले गरिरहेका कामलाई रेडियोको माध्यमबाट उजागर गर्ने काममा सघाएको भन्दै कामको प्रभावकारीता बढेको बताउनुभयो ।

यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले रेडियोले सबै क्षेत्रलाई समान स्थान दिनु राम्रो पक्ष रहेको भन्दै मानव स्वास्थ्यका विषयलाई पनि प्राथमिकता दिने गरी काम गर्न सुझाव दिनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले समाजमा चेतना अभिवृद्धि गर्न रेडियोले खेलेको भुमिका प्रशंसनीय रहेको बताउनुभयो । उत्तरदायी पत्रकारिताको अभ्यासका माध्यमबाट रेडियो मध्यपश्चिमले आफुलाई प्रमाणित गर्दै आएको बताउँदै अबका दिनमा आउने चुनौतिलाई बुझेर प्रविधि र जनशक्तिलाई सही रुपमा उपयोगमा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले अहिलको अवस्थामा संविधान र व्यवस्था प्रतिको विश्वासको संकट चिर्न युवा पुस्तामा सम्भावना र अवसरका सकारात्मक विषयलाई उठान गर्न आग्रह गर्नुभयो ।
घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले
सबै वर्ग, क्षेत्र र समुदायको आवाज उठाउने काममा निरन्तरता दिन अपिल गर्दै स्थानीय सरकारका रुपमा रहेको घोराहीले व्यवहारिक कार्यान्वयनमा हुने कठिनाई सहयोग र सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

रेडियोका पूर्व अध्यक्ष एवम् सल्लाहकार माधव प्रसाद शर्माले तथ्य र सत्यका आधारमा रेडियोले काम गर्दै आएको बताउनुभयो । उहाँले रेडियोले आफ्नै सम्पादकीय नीति बनाएर काम गर्दै आएको जानकारी गराउनुभयो । तथ्य र सत्यका आधारमा सामग्री प्रसारण गर्ने, कुनै पनि दलको मुख वाणी नबन्ने, आर्थिक पारदर्शितालाई रेडियोको मुलभूत सिद्धान्तका रुपमा आत्मसात गरेको उहाँको भनाई थियो ।
कार्यक्रममा अर्का सल्लाहकार सुशील गौतमले रेडियो सामाजिक संस्थाको रुपमा स्थापित हुँदै गएको भन्दै सम्पादकीय स्वतन्त्रतामा प्रतिवद्ध, पत्रकार आचार संहितामा प्रतिवद्ध भई काम गर्दै आएको बताउनुभयो ।यसैगरी, उहाँले सरकारको भूमिका रेडियो प्रतिको दायित्व उदार बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

रेडियोका कानुनी परामर्श समिति संयोजक पदम वैदिकले रेडियोले अहिलेसम्म भोग्दै आएका समस्या समाधानका लागि राज्यका तीन तहका सरकारले व्यवहारिक कार्यान्वयनमा जोड दिन जरुरी रहेको बताउनुभयो । कानुन बाझ्दासेवा प्रदायक निकाय मारमा परिरहेको प्रति उहाँको टिप्पणी थियो ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा माओवादी केन्द्र दाङका सह-ईन्चार्ज रामबहादुर दहित, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा। टीकाराम उदासी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, नागरिक समाज दाङका निवर्तमान संयोजक केबी मसाल, जिल्ला हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतलगायतले भनाई राख्नुभएको थियो ।

रेडियो संचालक समितिका उपाध्यक्ष सुदर्शन रिजालले विषय तथा स्वागत गरेको कार्यक्रममा संस्थापक उपाध्यक्ष ऋषिराज जंगलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण सचिव शारदा शर्माले गर्नुभएको थियो

विद्युत् महसुल तिर्न सजिलो बनाउँदै प्राधिकरण, सेवा प्रदायक छनोट प्रक्रिया शुरू
घोराही, ६ वैशाख । नेपाल विद्युत् प्राधिकरणले महसुल सङ्कलनलाई सहज र प्रभावकारी बनाउन निजी तथा विद्युतीय सेवा प्रदायक संस्थाको छनोट प्रक्रिया अघि

पद्मोदय क्याम्पस द्वारा साप्ताहिक बित्तीय साक्षरता कार्यक्रम सम्पन्न
माघ २८ दाङ पद्मोदय क्याम्पस शिक्षक–विद्यार्थी संमन्वय समितिको आयोजनामा एक हप्ते वित्तिय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ ।क्याम्पसले

साउनमा झन्डै दुई अर्बको विद्युत निर्यात
घोराही, ५ भदौ । चालू आर्थिक वर्ष २०७९।८०को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू





प्रतिकृया दिनुहोस