नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ति निकालेर रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो ।
क्यानका अनुसार एनपीएलका आठ वटा टोलीबाट रिलिज भएका र नयाँ खेलाडीहरुले रजिस्ट्रेसन गर्न पाउने छन् । खेलाडीहरुले ‘ए’, ‘बी’ र ‘सी’ मध्ये जुनसकै श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
खेलाडीले आउँदो साउन ६ गतेसम्म दर्ता गर्न सक्ने छन् । खेलाडी रजिस्ट्रेसनका लागि एक हजार रुपैयाँ शुल्क लाग्नेछ ।
क्यानको वार्षिक क्यालेन्डरअनुसार एनपीएलको मिनी अक्सन अगस्ट महिनामा आयोजना हुने तयारी छ ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आउँदो मङ्सिर १ देखि २७ गतेसम्म हुने
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करण आउँदो मङ्सिर १ गतेदेखि शुरू हुने

क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै
वालिङ (स्याङ्जा), असार २९ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्
काठमाण्डौ – नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको





प्रतिकृया दिनुहोस