नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आउँदो मङ्सिर १ देखि २७ गतेसम्म हुने

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करण आउँदो मङ्सिर १ गतेदेखि शुरू हुने भएको छ ।
क्यानले आज विज्ञप्ति निकालेर एनपीएलको दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।
एनपीएलका लागि खेलाडीको मिनी अक्शन सम्पन्न भइसकेको छ । प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक हुनेछ । पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।
एनपीएलमा जनकपुरसहित, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाण्डौ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोलीको सहभागिता छ ।
अन्तिम अपडेट: भदौ ५, २०८२

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो

क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै
वालिङ (स्याङ्जा), असार २९ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्
काठमाण्डौ – नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको





प्रतिकृया दिनुहोस