घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ध्रुव केसी सहितको प्यानल विजयी

घोराही, २७ वैशाख ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको मत गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभएको छ ।
सम्पन्न मत परिणाम अनुसार ध्रुव केसी सहितको प्यानल विजयी भएको छ । मत परिणाम अनुसार अध्यक्ष पदमा ध्रुब केसी २ हजार ५९३ मत सहित बिजयी हुनुभएको छ भने उहाँको निकतम प्रतिद्वन्दी किशोर कुमार आचार्यले ६८० मत प्राप्त गर्नुभएको छ । त्यस्तै अर्का अध्यक्षका प्रत्यासी सुमन शर्माले १५५ मत प्राप्त गर्नुभएको छ ।
वरिष्ठ उपाध्यक्षमा भरतमणि पान्डेले १ हजार ९१६ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ भने उहाँका निकतम प्रतिद्वन्दी यशोदा पान्डेले १ हजार २२८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै महिला उपाध्यक्षमा खुमा कुमारी खड्काले १ हजार ३६१ मत सहति बिजयी हुनुभएको छ भने उहाँका निकतम प्रतिद्वन्दी निरजा पोख्रेलले १ हजार २२७ मत प्राप्त गर्नुभएको छ । महिला उपाध्यक्षका अर्का प्रतिद्वन्दी कमला लम्सालले ५४५ मत प्राप्त गर्नुभएको छ ।
समितिको सचिव पदमा धर्मेन्द्र श्रेष्ठले २ हजार ३३९ मत सहित बिजयी हुनुभएको छ भने निकतम प्रतिद्वन्दी दिनेश वलीले ८४२ मत प्राप्त गर्नुभयो ।
त्यस्तै कोषाध्यक्ष पदमा टिकाराम वलीले १ हजार ४३३ मत सहित बिजयी वन्नुभएको छ भने निकतम प्रतिद्वन्दी दिनेश आचार्यले १ हजार ११७ मत तथा अर्का कोषाध्यक्षका प्रत्यासी पहलमान थापाले ५७० मत प्राप्त गर्नुभयो ।
खुल्ला सदस्य तर्फ २ हजार १८ मत सहित चुर्ण वहादुर वली, १ हजार ६०२ मत सहित निरजकुमार कार्की तथा १ हजार ५३४ मत सहित नविन पोखरेल विजयी हुनुभएको हो ।
महिला सदस्य पदमा विन्दु पाण्डेयले २ हजार ५४, रेखा न्यौपानेले १ हजार ८ सय ६९ र उषादेवी थापाले १ हजार ६ सय ९४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
खुल्ला सदस्य तर्फ ७ जनाको प्रतिस्पर्धा भएको थियो जसमा सुरेश के.सी.ले १ हजार ५३२ मत प्राप्त गर्नुभएको छ । उहाले २ मतले हार व्यहोर्नु परेको हो । त्यस्तै तुलसीराम दहालले ८ सय, राम कुमार दहालले ७ सय २२ र विजयकुमार गुप्ताले ६ सय ११ मत प्राप्त गर्नुभएको छ ।
महिला सदस्य तर्फ ६ जनाको प्रतिस्पर्धा भएको थियो जसमा आशा पुन घर्तीले १ हजार २ सय ५८ किरण गौतमले १ हजार २ सय २७ र सम्झना शर्माले ९ सय २८ मत प्राप्त गर्नुभएको छ ।।

एसईई ग्रेड वृद्धि परीक्षा असार १ गतेदेखि हुने
वैशाख २९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १

सरकार द्वारा विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण : १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समयको व्यवस्था
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण गरेको छ । हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुने

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
घोराही, ६ वैशाख । सरकारले आज र सोमबार दाङ लगाएत देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत





प्रतिकृया दिनुहोस