रोल्पाका शनि बने पहिलो नेपाल लोक स्टार

घोराही, ८ कार्तिक \
रोल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल हुनु भएको छ ।
आज भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पार्नुभएको छ । यसका साथै उहाँले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि हात पार्नु भएको छ ।
यस्तै स्याङ्जाका चेतन गोतामे लोकस्टारको दोस्रो बन्न सफल हुनुभएको छ । उदयपुरका विनोद दनुवारले भने प्रतियोगितामा तेस्रो स्थान हात पार्नुभयो । यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल हुनुभयो । उहाँले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल हुनु भएको छ ।
‘नेपाल लोक स्टार’का अनुसार गएको शनिबार दिउँसो १२ बजेबाट आज दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले गरेको भोटको आधारमा विजेता घोषित भएका हुन् ।
नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहनुभएको थियो । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका थिए ।

गायक विक्रम जंग थापाको ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक
दाङ्गाली गायक तथा मोडल विक्रम जंग थापाको नयाँ गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक भएको छ । दाङबाट गायन यात्रा शुरु गर्नु भएका गायक तथा

तिहारको आज मुख्य दिन, भाइटीका,
दाङ, १० कातिक । यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र

कमल गाउँलेको के के हुने हो सार्वजनिक
घोराही, ८ साउन/ हास्य कलाकार कमल गाउँलेले यस बर्ष गाईजात्रे ‘के के हुने हो’ नामक गित सार्वजनिक गर्नुभएको छ । कलाकार गाउँलेले २० औँ कोशेलीका?पमा





प्रतिकृया दिनुहोस