ताजा खबर

विदेश जाने सत्र प्रतिशत बढे

SITENAME

काठमाडौँ, चैत ६ गते । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा चालु आव २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १५.०७ प्रतिशतले बढेका हुन् । 

गत आवको सो अवधिमा चार ६२ हजार ४६९ जनाले श्रम स्वीकृति लिएकोमा चालु आवको यस अवधिमा पाँच लाख ४४ हजार ४७० जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुन गत आवको तुलनामा चालु आवमा ८२ हजार ७१ जनाले बढी हो । विभागका अनुसार चालु आवमा वैदेशिक रोजगारीमा जानका लागि सबैभन्दा धेरै मङ्सिर र माघमा श्रम स्वीकृति जारी भएको छ । 

चालु आवको मङ्सिरमा सबैभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । मङ्सिरमा ८४ हजार २२७ जनाले र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । विभागका अनुसार माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । 

चालु आव २०८१/८२ को पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीका लागि पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । वैदेशिक रोजगार विभागका अनुसार यस वैदेशिक रोजगारीका लागि पाँच लाख ४४ हजार ५७० जनाले श्रम स्वीकृति लिएकामा युएईका लागि मात्रै एक लाख ७३ हजार ३४१ जनाले श्रम स्वीकृति लिएका हुन् । 

चालु आवको सो अवधिमा नेपालीको दोस्रो श्रम गन्तव्य देश साउदी अरब र तेस्रो श्रम गन्तव्य देश कतार रहेको छ । यस अवधिमा साउदी अरबका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख तीन हजार ९९१ जना रहेको छ भने कतारका लागि ९३ हजार ४०५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । आव २०८०/८१ मा दोस्रो र आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश मलेसिया यस पटक पाँचौँमा छ । मलेसियाका लागि भने चालु आवको यस अवधिमा १८ हजार ८९४ जनाले श्रम स्वीकृति लिएका छन् । चौथो कुवेतका लागि यस अवधिमा साढे २३ हजारले श्रम स्वीकृति लिएका छन् । यस अवधिमा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत सात हजार ७१० जना दक्षिण कोरिया गएका छन् । 

विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले अघिल्लो आवदेखि नै पहिलो श्रम गन्तव्य देश युएई र दोस्रो साउदी अरब भएको जानकारी दिनुभयो । कोरोनाका कारण नराम्ररी थलिएका यी देशमा उद्योग व्यवसायले गति लिनेसँगै नेपाली श्रमिकको माग बढेर पहिलो र दोस्रो श्रम गन्तव्य बनेको उहाँको भनाइ छ । 

 

प्रतिकृया दिनुहोस
SITENAME

भारतको उत्तराखण्डमा बन्धक ३५ जना नेपालीको उद्धार

काठमाण्डौ – आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्ड काशीपुर पुर्‍याइ बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ । नयाँ दिल्लीमा रहेको

SITENAME

आईपीएल क्रिकेटका स्थगित खेल जेठ तीन गतेदेखि शुरू हुने

काठमाण्डौ – भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका खेलहरु आउँदो १७ ‘मे’ तारिख अर्थात् जेठ ३ गते

SITENAME

आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस : अधिकार, समानता र सशक्तिकरणमा जोड

घोराही, २४ फागुन । ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।