भारतको उत्तराखण्डमा बन्धक ३५ जना नेपालीको उद्धार

काठमाण्डौ – आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्ड काशीपुर पुर्याइ बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ । नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले ३५ जना नेपालीको उद्धार गरिएको जानकारी दिएको छ ।
काशीपुरबाट उद्धार गरिएका ती युवाहरु १६ देखि ४१ वर्षसम्मका छन् । उनीहरू दुई हप्तादेखि १० महिनासम्म बन्धक थिए । उद्धार गरिएकाहरु ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, सुनसरी, उदयपुर, सर्लाही, दाङ, स्याङ्जा, रुकुम, बाँके, बागलुङ र डोटी जिल्लाका छन् ।
दूतावासले विज्ञप्ति निकालेर उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ । उत्तराखण्ड पुर्याइएका युवालाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिलाई समेत उत्तराखण्ड प्रहरीले पक्राउ गरेको छ ।

आईपीएल क्रिकेटका स्थगित खेल जेठ तीन गतेदेखि शुरू हुने
काठमाण्डौ – भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका खेलहरु आउँदो १७ ‘मे’ तारिख अर्थात् जेठ ३ गते

विदेश जाने सत्र प्रतिशत बढे
काठमाडौँ, चैत ६ गते । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको

आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस : अधिकार, समानता र सशक्तिकरणमा जोड
घोराही, २४ फागुन । ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।





प्रतिकृया दिनुहोस