काबुल हमलामा दुई नेपालीको मृत्यु
घोराही, १८ भदौ/अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती बम बिस्फोटमा परी २ नेपाली सहित १६ जनाको मृत्यु भएको छ । एक सय १९ जना घाइते छन् ।
बिस्फोटमा परी चितवन र रोल्पा घर भएका दुई नेपालीको मृत्यु भएको हो । उनीहरुको परिचय खुलाइएको छैन । पाकिस्तानको इस्लामावाद स्थित नेपाली दूतावासले पनि आत्मघाती हमलामा २ नेपालीको मृत्यु भएको जानकारी आएको बताएको छ ।
मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको सुरक्षा कम्पनीमा कार्यरत थिए । सोही स्थानमा लामो समय काम गरेर फर्किएका एक नेपालीका अनुसार त्यति बेला त्यहाँ करिब ११८ जना नेपाली र केही नेपालीभाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा कार्यरत थिए ।।

सल्यानका गोर्खबहादुर खड्काको मलेसियामा निधन
सल्यान, १५ पुस / सल्यानका एक व्यक्तीको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका सल्यान दार्मा गाउँपालिका ढाकाडाँमका

बन्द रहेको मलेशियाको रोजगार सेवा खुल्ला
दाङ, २६ भदौ/१५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्ने सहमति भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिब स्तरीय प्राबिधिक समितिमा





प्रतिकृया दिनुहोस