ताजा खबर

विद्युत् महसुल तिर्न सजिलो बनाउँदै प्राधिकरण, सेवा प्रदायक छनोट प्रक्रिया शुरू

SITENAME

घोराही, ६ वैशाख ।
नेपाल विद्युत् प्राधिकरणले महसुल सङ्कलनलाई सहज र प्रभावकारी बनाउन निजी तथा विद्युतीय सेवा प्रदायक संस्थाको छनोट प्रक्रिया अघि बढाएको छ । यसका लागि प्राधिकरणले इच्छुक संस्थासँग प्रस्ताव आह्वान गरेको छ। 

प्राधिकरणका अनुसार विद्युतीय माध्यमबाट भुक्तानी सेवा सञ्चालन गर्ने वा गराउन सक्ने संस्थाहरूले आवश्यक कागजातसहित प्रस्ताव पेस गर्न सक्नेछन् । 

सेवा प्रदायकले कम्तीमा पाँच जना दक्ष प्राविधिक जनशक्ति राख्नुपर्नेछ भने प्रस्तावमा आफ्नो कार्यक्षेत्र, सेवा सञ्जाल, प्रयोग हुने प्रविधि, सफ्टवेयर तथा उपकरणको विस्तृत विवरण पनि उल्लेख गर्नुपर्नेछ । 

प्राधिकरणले दुर्गम क्षेत्रका ग्राहकसम्म पनि विद्युतीय माध्यमबाट सेवा पु¥याउने सुनिश्चितता गर्न जोड दिएको छ । स्वीकृत भएपछि १५ दिनभित्र सम्झौताका लागि उपस्थित हुनुपर्ने र कम्तीमा एक वर्ष म्याद भएको १ करोड रुपैयाँ बराबरको बैङ्क जमानत अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । 

यसले देशभरका विद्युत् उपभोक्तालाई डिजिटल माध्यममार्फत सहज, सुरक्षित र छरितो रूपमा महसुल तिर्ने सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

रेडियो मध्यपश्चिमद्धारा १८औँ स्थापना दिवस मनाईयो 

घोराही, १जेठ । प्रेस काउन्सिलका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले देशमा राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक र सांस्कृतिक

SITENAME

पद्मोदय क्याम्पस द्वारा साप्ताहिक बित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

माघ २८ दाङ  पद्मोदय क्याम्पस शिक्षक–विद्यार्थी संमन्वय समितिको आयोजनामा एक हप्ते वित्तिय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ ।क्याम्पसले

SITENAME

साउनमा झन्डै दुई अर्बको विद्युत निर्यात

घोराही, ५ भदौ । चालू आर्थिक वर्ष २०७९।८०को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू